Wednesday, February 21

Tag: भूमिका श्रेष्ठ

प्रभावशाली भूमिका
प्रमुख समाचार

प्रभावशाली भूमिका

काठमाडौं : बेलायतस्थित एपोलिटिकल नामक संस्थाले सार्वजनिक गरेको विश्वका एकसय प्रभावशाली व्यक्तिमध्ये नेपालकी भूमिका श्रेष्ठ परेकी छन् । लैंगिक समानताका लागि योगदान दिने प्रभावशाली व्यक्तिमध्ये भूमिका श्रेष्ठ युवा नेतृत्व गर्ने व्यक्तिका रुपमा छानिएकी हुन् । उनी तेस्रो लिंगी हुन् । संस्थाले विश्वभरबाट छनौट गरेका नौ हजार जनाबाट एकसय प्रभावशाली व्यक्तिको सूची सार्वजनिक गरेको हो । यो सूचीमा पर्न भूमिकाले केवल तेस्रो लिंगीको अधिकारका लागि मात्र काम गरेकाले भने होइन । भूमिकाको वास्तविक नाम कैलाश श्रेष्ठ हो । बाल्यकालदेखि नै पुरुषभन्दा महिलाको चरित्र देखिएपछि शुरुमा परिवारले उनको स्वभावलाई बालसुलभ कामको रुपमा लिएका थिए । तर ११ वर्षको हुँदा पनि त्यो व्यवहार परिवर्तन हुनुको साटो बढ्दै गयो । “बल्ल मैले म अरुभन्दा फरक छु भन्ने महसुस गर्न थाले,” श्रेष्ठले बाल्यवस्था स्मरण गरिन्, “केटीले जस्तै गाजल लाउन...