Thursday, April 18

Tag: भूकम्प

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प
समाचार

बझाङमा ५.७ रेक्टर स्केलको भूकम्प

सुदूरपश्चिम प्रदेशको पहाडी जिल्ला बझाङको पौवागढी क्षेत्रलाई केन्द्रविन्दु बनाएर आज साँझ भूकम्प गएको छ । भूकम्प मापन केन्द्र सुर्खेतका अनुसार खप्तड राष्ट्रिय निकुञ्जमा पर्ने पौवागढी क्षेत्रमा ७ ः १५ बजे ५.७ रेक्टर स्केलको भूकम्प गएको हो । भूकम्प मापन केन्द्र सुर्खेतका कर्मचारी श्रद्धा ढकालले सुदूरपश्चिमसँगै कर्णाली प्रदेशका विभिन्न जिल्लामा भूकम्पको धक्का महसुस गरिएको जानकारी दिनुभयो । भूकम्पबाट के कति क्षति भयो भन्नेबारे एकिन जानकारी प्राप्त हुन सकेको छैन ।  ...
विज्ञको भन्छन् : भूकम्पका दृष्टिले नेपाल ‘टाइमबम’माथि
समाचार

विज्ञको भन्छन् : भूकम्पका दृष्टिले नेपाल ‘टाइमबम’माथि

काठमाडौं : विज्ञहरूले भूकम्पको दृष्टिले मुलुक 'टाइम बम'माथि रहेको भन्दै समयमै आवश्यक पूर्वतयारी गर्न सरकारलाई सुझाएका छन्। विहीबार राजधानीमा आयोजित विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनसम्बन्धी कार्यशालामा विज्ञहरूले यस्तो सुझाव दिएका हुन्। भूकम्पको जोखिमका दृष्टिले नेपाल विश्वमा ११ औँ स्थानमा रहेको जानकारी हुँदा हुदै विपद् जोखिम न्यूनीकरण र व्यवस्थापनको पुर्व तयारीलाई वेवास्ता गरिएको भन्दै विज्ञहरूले तत्काल पूर्वतयारी थाल्न सरकारलाई सचेत गराएका हुन्। विपद् व्यवस्थापक विज्ञ डाक्टर गंगाला तुलाधरले भूइचालोको दृष्टिकोणबाट नेपाल 'टाइम बम'माथि रहेको भन्दै कुनै पनि बेला आइपर्न सक्ने विपद्को पूर्वतयारी सुरु गर्न ढिलाई गर्न नहुने बताए। नेपालको भौगर्भिक बनोटको साथै कोरिडोर सडकका नाममा नदी नाला मिचेर बनाइएका संरचना, इन्जिनियरिङ अध्ययन विनाको सडक निर्माण, अव्यस्थित र असुरक्षित बस्ती र शहर विस्तारलगायत...
मुगुलाई केन्द्र बनाए भूकम्पको धक्का महसुस
समाचार

मुगुलाई केन्द्र बनाए भूकम्पको धक्का महसुस

काठमाडौं : मुगु केन्द्रबिन्दु बिहीबार बिहान भूकम्पको धक्का महसुस गरिएको छ । मुगु केन्द्र बनाएर र ४ दशमलव ६ म्यानेच्युट क्षमताको भूकम्प गएको हो । राष्ट्रिय भूकम्प मापन केन्द्रका अनुसार मुगुको जिमा क्षेत्रलाई केन्द्रबिन्दू भएर बिहीबार बिहान १० बजेर १ मिनेटमा भूकम्पको धक्का महसुस गरिएको हो । भूकम्पको धक्का मुगु आसपासका क्षेत्रमा पनि महसुस गरिएको छ । योसँगै जेठ महिनामा मात्रै चार वटा भूकम्प गएको छ। यसअघि रामेछापको गुमदेल क्षेत्रलाई केन्द्रविन्दु बनाएर भूकम्प को धक्का महसुस गरिएको थियो । गुमदेल क्षेत्रलाई केन्द्र बनाएर ४.९ म्याग्नेच्युड क्षमताको भूकम्प गएको थियो । जेठ ७ गते लमजुङ  केन्द्रविन्दु भएर ४.१ म्याग्नेच्युडको भूकम्प गएको थियो भने जेठ ३ गते धादिङ केन्द्र भइ ५.० म्याग्नेच्युडको भूकम्प गएको थियो।...
विज्ञ भन्छन् : दशौँ वर्षसम्म परकम्पन आइरहन सक्छन्
प्रमुख समाचार

विज्ञ भन्छन् : दशौँ वर्षसम्म परकम्पन आइरहन सक्छन्

चितवन : महाभूकम्प गएका क्षेत्रमा दशौँ वर्षसम्म परकम्पन आइरहने विज्ञले जनाएका छन् । नेपालको भूकम्पीय जोखिम र भूकम्पीयतामा विद्यावारिधि गरेका प्रा डा हरिहर पौडेलका अनुसार यसकै निरन्तरताका रूपमा नेपालमा चार वर्षअघिको भूकम्पपछि परकम्पन आइरहेको हो । उनका अनुसार जमीनमुनि भारतीय र तिब्बती प्लेट निरन्तर ठोक्किइरहन्छ । भारतीय प्लेट तिब्बती प्लेटको मुनि घुस्ने क्रम निरन्तर भइरहेको भन्दै उनले यसबाट हुने शक्ति सञ्चय भूकम्पीय माध्यमबाट क्षय हुने बताए । ठूला भूकम्पपछि बाँकी रहेको शक्तिका कारण परकम्पन आइरहने पौडेलले बताए । जमीनभित्र भौगर्भिक हलचल निरन्तर भइरहेको संकेत परकम्पनले दिने उनले बताए । सोही ठाउँमा तत्काल ठूला भूकम्प जाने सम्भावना रहे पनि केही समयपछि भने परकम्पन मात्र जाने उनले बताए । जमीनमुनिको शक्ति भूकम्पीय तरंगले बाहिर ल्याउँदा सतहमा भएका संरचनामा कम्पन आउने उनको भनाइ छ । विसं १९९० मा पूर्वी ...
फिलिपिन्समा पुनः भूकम्पको धक्का, ११ को मृत्यु
विश्व

फिलिपिन्समा पुनः भूकम्पको धक्का, ११ को मृत्यु

मध्य फिलिपिन्सको समार प्रान्तमा मंगलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो । उक्त भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । यसैबीच, सोमबारको भूकम्पबाट मारिने व्यक्तिको संख्या ११ पुग्नुका साथै २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरुले बताएका छन् । निकै ठूलो जनधनको क्षति गरेको उक्त भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने बताइएको छ । राजधानी मनिलाको उत्तरी प्रान्त पाम्पान्गाको पोराक शहरमा भवनहरु र अरु संरचना भत्किएका छन् । उक्त शहरमा सुरक्षाकर्मी एवं स्थानीय व्यक्तिहरुले रातभर उद्धारका काम गर...