Thursday, April 18

Tag: भुटन

दुबई छोडेर मटन र भुटन व्यापार, दैनिक कमाइ १५ हजार
समाचार

दुबई छोडेर मटन र भुटन व्यापार, दैनिक कमाइ १५ हजार

चितवन : विदेशमा छ वर्षको बसाइँपछि फर्किएका भुवनराज अधिकारीले परिश्रम गर्‍यो भने स्वदेशमै त्यहाँभन्दा राम्रो कमाइ गर्न सकिन्छ भन्ने बल्ल अनुभव गरे । दुबईमा मासिक ३० हजार हाराहारी कमाइ गर्ने अधिकारीले अहिले दैनिक १५ हजारभन्दा बढीको व्यापार गर्छन् । भरतपुर महानगरपालिका–६ चोकबजार निवासी अधिकारी विसं २०६० बाट छ वर्ष दुबई बसेर स्वदेशमै केही गर्ने योजना बुन्दै नेपाल फर्किए । चोक बजारमै काकाले शुरुआत गरेको होटल उनले सम्हाले । होटलको नाम थियो अधिकारी रेष्टुराँ । खाजा पाक्थ्यो भुटन र मटन । उत्साहित हुँदै अधिकारीले भने, “पहिलो दिनमा मैले रु छ हजारको व्यापार गरेँ, निकै खुशी लाग्यो ।” उनको होटलमा दैनिक स्थानीय जातको खसी काटेर भुटनका परिकार बनाइन्छन् । व्यापार बढ्दै गएपछि उनी उत्साहित हुँदै गए । बजार नजिकै एक कट्ठा जग्गा किनेर घर र रेष्टुराँसँगै बनाए । अधिकारीले अहिले दैनिक रु १५ हजारको हाराहारीमा व्याप...