Monday, February 26

Tag: भाषा परीक्षा

कोरिया भाषा परीक्षाको तयारी तीव्र, तीन जिल्लामा ३२ केन्द्र तोकियो, २० को दखास्त रद्द
प्रमुख समाचार

कोरिया भाषा परीक्षाको तयारी तीव्र, तीन जिल्लामा ३२ केन्द्र तोकियो, २० को दखास्त रद्द

अशोक धिमिरे रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ को कोरियाली भाषा परीक्षाको तयारी तीव्र पारिएको छ । परीक्षाका लागि केन्द्र तोक्नेदेखि व्यवस्थापनको सम्पूर्ण कार्य अन्तिम चरणमा पुगेको इपिएस कोरिया शाखाले जनाएको छ । सन् २०१९ को भाषा परीक्षा यही जेठ २५ र २६ गते हुँदैछ । परीक्षार्थीको सहजताका लागि ३२ वटा परीक्षा केन्द्र तोकिएको इपिएस कोरिया शाखाका निर्देशक कृष्णप्रसाद खनालले जानकारी दिए । उनका अनुसार काठमाडौँमा २१, ललितपुरमा सात र पोखरामा चारवटा परीक्षा केन्द्र तोकिएको छ । आवेदकको परीक्षा केन्द्रबारे यही जेठ १९ गते विस्तृत विवरण प्रकाशन गरिने शाखाले जनाएको छ । समय तालिका एक दिनमा दुई वटा सत्रमा गरेर परीक्षा सञ्चालन गर्ने तयारी गरिएको छ । पहिलो दिन बिहान ९ देखि १० बजेसम्म परीक्षार्थीलाई अभिमुखीकरण गरिनेछ । १० देखि १०ः२५ बजेसम्म पढाइ र १०:२५ देखि १०:५० सम्म सुनाइ परीक्षा लिइनेछ । दोस...