Wednesday, April 17

Tag: भारतीय अभिनेत्री

शिल्पालाई १५ वर्षपछि सफाइ, के थियो मुद्दा ?
मनाेरञ्जन

शिल्पालाई १५ वर्षपछि सफाइ, के थियो मुद्दा ?

भारतीय अभिनेत्री शिल्पा शेट्टीले आफूविरुद्ध १५ वर्षदेखि चलिरहेको मुद्दामा राहत पाएकी छिन् । शिल्पा शेट्टीलाई सन् २००७ मा राजस्थानमा भएको एक कार्यक्रममा हलिउड अभिनेता रिचर्ड गेरेले चुम्बन गरेका थिए । त्यसपछि शिल्पा शेट्टीमाथि सार्वजनिक स्थानमा अश्लीलता फैलाएको आरोपमा मुद्दा दायर भएको थियो । वर्षौंपछि यस मुद्दामा अदालतले शिल्पालाई सफाइ दिएको छ । मेट्रोपोलिटन मजिस्ट्रेट केतकी चव्हाणका अनुसार शिल्पा शेट्टीले घटनालगत्तै आफ्नो स्थिति स्पष्ट पारेकी थिइन् । प्रहरीको प्रतिवेदन र पेस गरिएका कागजपत्रलाई मजिस्ट्रेटले विचार गरेपछि शिल्पामाथि लागेको आरोप निराधार भएको पाइएको र उनलाई माफीका साथै सफाइ दिइएको भारतीय सञ्चारमाध्यमले जनाएका छन् । सन् २००७ मा राजस्थानमा भएको घटनापछि अश्लीलता फैलाएको आरोपमा शिल्पा शेट्टीविरुद्ध राजस्थानमा दुई र गाजियाबादमा एउटा मुद्दा दर्ता गरिएको थियो । यसपछि शिल्पा शेट्टीले...