Saturday, April 20

Tag: भारत

भारतमा लागू भयो विदेशबाट आएकालाई सातदिने होम क्वारेन्टाइन
विश्व, समाज

भारतमा लागू भयो विदेशबाट आएकालाई सातदिने होम क्वारेन्टाइन

भारतमा विदेशबाट आएका सबैलाई सात दिने होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने व्यवस्था गरिएको छ । भारतको संघीय स्वास्थ्य मन्त्रालयले शुक्रबार सूचना जारी गर्दै विदेशबाट आएका सवै यात्रुलाई कम्तीमा सात दिन होम क्वारेन्टाइनमा बस्न आग्रह गरेको छ । विदेशबाट भारत आएकाहरू होम क्वारेन्टाइनमा अनिवार्य बस्नुपर्ने नियम कार्यान्वयन भने यही जनवरी ११ देखि मात्रै हुने सूचनामा उल्लेख छ । कोरोनाभाइरसको महामारी दिन प्रतिदिन तीव्र रूपमा बढ्दै गएको विवरण सार्वजनिक भएपछि सरकारले एक हप्ते होम क्वारेन्टाइन अनिवार्य गर्ने व्यवस्था लागु गरेको हो । भारतमा कोरोनाभाइरसको नयाँ भेरिएन्टको रुपमा देखिएको र तीव्र रूपमा फैलिनसक्ने ओमिक्रोन भाइरसको संक्रमण अत्यधिक बढेको छ । 'विदेशबाट आएका कुल यात्रुहरूको कोरोना परीक्षण गर्दा औसतमा दुई प्रतिशत संक्रमित भएको पाइएको छ, त्यसैले उनीहरु सवैलाई कम्तीमा एक हप्ता होम क्वारेन्टाइनम...
गंगा नदी किनारका शवले बयान गरिरहेको छ भारतमा कोरोनाको अवस्था
प्रमुख समाचार, विश्व

गंगा नदी किनारका शवले बयान गरिरहेको छ भारतमा कोरोनाको अवस्था

प्रयागराज । भारतको उत्तर प्रदेशका प्रहरीहरु अहिले गङ्गा नदीका किनारामा बालुवाले अलिअलि छोपछाप पारिएका शवको अनुसन्धान गर्न खटिएको छ । कोरोनाभाइरसको संक्रमणका कारण मृत्यु भएका व्यक्तिलाई गङ्गाका तटमा जथाभावी छाडिएको भन्दै सामाजिक सञ्जालमा तस्वीरहरु पोस्ट भएपछि प्रहरीले अहिले सक्रियता बढाएको हो । जीप र डुङ्गाबाट गस्ती गरिरहेका प्रहरीले लाउडस्पिकरको सहायताले नदीमा जथाभावी शव नफाल्न र नदी किनारामा अव्यवस्थित रुपमा शव नछाड्न आममानिसहरुलाई अनुरोध गर्न थालेका छन् । प्रहरीले लाउडस्पिकरबाट भनिरहेको थियो, 'हामी तपाईलाई अन्तिम संस्कारका लागि मद्दत गर्न यहाँ आएका हौं ।' शुक्रबार, वर्षाले उत्तर प्रदेश राज्यको प्रयागराज शहरको गङ्गा नदी किनारमा बालुवाले छोपछाप पारेका शव बेरिएका कपडा निकालिदिएको थियो । उत्तर प्रदेश राज्य सरकारका प्रवक्ता नवनीत सेहगलले आइतबार स्थानीय सञ्चार माध्यममा छापिएका समाचारको खण्डन ग...
‘भारत’को शीर्षक कसरी जुर्‍यो, निर्देशक अलि अब्बासले गरे खुलासा
मनाेरञ्जन

‘भारत’को शीर्षक कसरी जुर्‍यो, निर्देशक अलि अब्बासले गरे खुलासा

सलमान खानको फिल्म भारत छिट्टै नै रिलिज हुँदैछ। फिल्ममा फेरि एक पटक सलमान खान र कटरिना क्याफको जोडीलाई साथमा देख्न पाइने छ। फिल्मलाई अलि अब्बास जफरले डाइरेक्ट गरेका हुन्। अब्बासले फिल्मको शीर्षक कसरी जुर्‍यो भन्ने खुलासा गरेका छन्। उनले एक अन्तर्वार्तामा भारत फिल्मको शीर्षक कसरी जुर्‍यो भने विषयमा बताएका छन्। अब्बासले पिटिइसँगको अन्तर्वार्ताका क्रममा भने, ‘मैले फिल्मको नाम ओड टू माइ फादर नै राख्न चाहन्थेँ। मैले उक्त व्यक्तिले आफ्ना बुवासँग के प्रमिस गरेको थियो भन्ने कुरामा ध्यान दिएको थिइन। फेरि मैले सलमानलाई भने मैले यो फिल्मलाई केबल तपाईंको यात्राको रूपमा निर्माण गर्ने छैन, यसलाई मैले पूरै राष्ट्रको यात्राका रूपमा निर्माण गर्ने छु। यद्यपि मैले पात्रको के भनेर बोलाउन भन्ने निश्चय गर्न चाहन्थेँ।’ उनले अगाडि थपे, ‘फेरि मैले बिचार गरेँ। मैले सोचेँ राम नाम मायथोलोजीका हिसाबले पनि एकदमै राम्रो ...