Wednesday, February 21

Tag: भानुभक्त आचार्य

भानुभक्तबारे तपाईंलाई थाहा नभएका रोचक तथ्य
जीवनशैली, रोचक, साहित्य

भानुभक्तबारे तपाईंलाई थाहा नभएका रोचक तथ्य

श्रीकृष्ण आचार्यभन्दा अगाडि नौ पुस्तासम्मको नाम सूर्योपाध्याय आचार्य, सुनन्दोपाध्याय आचार्य, इन्द्रमणि उपाध्याय आचार्य, विष्णुहरि उपाध्याय आचार्य, मणिकण्ठोपाध्याय आचार्य, स्थानेस्वरोपाध्याय आचार्य, ऋषिश्वरोपाध्याय आचार्य, बालानन्दोपाध्याय आचार्य, अग्नीश्वरोपाध्याय आचार्य हो । आचार्यहरूको सेन राजाहरूसँग राम्रो सम्बन्ध रहेकाले बिर्ता बक्सिस पाएकाबाट थाहा पाउन सकिन्छ । अग्निश्वरका सन्तान जन्मिँदै मर्दै गरेकाले श्रीकृष्ण जन्मने बित्तिकै गोबरसँग जोखेकाले श्रीकृष्ण आचार्यको नाम जोखु पनि रहेको कुरा बिर्ता स्वामित्व हस्तान्तरणमा उल्लेख भएकोबाट समेत प्रमाणित हुन्छ । जसरी पृथ्वीनारायण शाहले नेपाललाई भौगोलिक तथा राजनीतिक रूपमा एकीकरण गरी नेपाल राष्ट्रको निर्माण गरे, ठीक त्यसै अनुरूप नेपाली भाषाका आदिकवि भानुभक्त आचार्यले नेपाली भाषाको भाषिक एकता गरे । वि.सं १८७१ असार २९ गते आइतबार तनहूँ चुँदी रम्घ...
आज आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती
प्रमुख समाचार, साहित्य

आज आदिकवि भानुभक्तको २०७औँ जन्मजयन्ती

काठमाडौँ, २९ असार : नेपाली साहित्यका आदिकवि भानुभक्त आचार्यको २०७ औँ जन्मजयन्ती आज देश तथा विदेशका विभिन्न स्थानमा समेत विविध कार्यक्रमको आयोजना गरी मनाइँदैछ । सरल नेपाली भाषामा लेखिएको अयोध्याका राजा रामको जीवनीलाई भावानुवादसहितको ‘रामायण’ प्रस्तुत गरेर भानुभक्तले नेपाली जनतालाई ठूलो गुन लगाएका छन् । उनले लेखेको रामायण अहिले पनि नेपालीको घरघरमा सस्वर लय हालेर पाठ गरिन्छ । पृथ्वीनारायण शाहले भौगोलिकरूपमा एकीकरण गर्नुभएको नेपाललाई आदिकवि भानुभक्तले भाषा, साहित्य र संस्कृतिमार्फत् एकीकरण गरेका हुन् । विसं १८७१ असार २९ गते तनहुँको चुँदीरम्घा गाउँमा जन्मिएका भानुभक्तलाई एक सामान्य घाँसीले “जन्मेपछि राम्रो काम गरेर नाम कमाउनुपर्छ” भनी अर्ती उपदेश दिएकाले उनी रामायणलाई नेपालीमा रचना गर्न प्रेरित भएका थिए । ‘वधुशिक्षा’ उनको अर्को प्रसिद्ध कृति हो । यसैगरी ‘प्रश्नोत्तर’, ‘भक्तमाला’, ‘रामगीता’, ...