Monday, February 26

Tag: ब्लड बैंक

रगतका लागि सेना र प्रहरीकै भर
स्वास्थ्य

रगतका लागि सेना र प्रहरीकै भर

नानीमैया कटवाल सप्तरी : राजविराजस्थित गजेन्द्रनारायण सिंह अस्पतालमा प्रत्येक दिन रगत दिनुपर्ने बिरामी भर्ना हुन्छन् । अस्पताल परिसरमा रक्त सञ्चार केन्द्र (ब्लड बैंक) छ तर, प्रायः रगतको अभाव रहन्छ । उपचारार्थ आकस्मिक कक्ष र प्रसूति कक्षमा भर्ना भएका बिरामी रगतका लागि छट्पटाउँछन् । चिकित्सकको आदेशमा बिरामीका आफन्त अस्पताल परिसरमै रहेको रक्त सञ्चार केन्द्र दर्गुछन् । केन्द्रका प्रमुख नवीनकुमार झा भने नेपाली सेना, प्रहरी र सशस्त्र प्रहरीलाई ‘फोन डायल’ गरी आग्रह गर्नुहुन्छ – “रगतको अभाव छ । रगतको जरुरी प¥यो सर ।” गणपति र प्रहरी प्रमुखबाट ‘ड्युटी’मा खटिएका सैनिक, प्रहरीलाई बोलावट हुन्छ । मिल्दो रक्त समूह पत्ता लागेपछि उनीहरूलाई ‘ड्युटी’ छाडेर अस्पताल परिसरमा रहेको रक्त सञ्चार केन्द्र पठाइन्छ । यसरी रगत अभावका बेला सहज ढङ्गले सेना र प्रहरी आएर रगत दिन थाले पछि रक्त सञ्चार केन्द्र अहिले सेना...