Sunday, July 21

Tag: ब्राड पिट

एन्जेलीनाका कारण ब्राड पिट १८ महिना सुधार गृहमा
मनाेरञ्जन

एन्जेलीनाका कारण ब्राड पिट १८ महिना सुधार गृहमा

हलिउड अभिनेता ब्राड पिटले मदिराको कुलत छोड्न १८ महिनासम्म सुधार केन्द्रमा बसेको खुलासा गरेका छन्। उनले अन्तर्राष्ट्रिय सञ्चार माध्यम द न्युयोर्क टाईम्ससँग कुरा गर्दै पूर्वपत्नी तथा नायिका एन्जेलिना जोलीले सम्बन्ध विच्छेदको मुद्या दिएपछि आफूले १८ महिना सुधार गृहमा बिताएको बताएका हुन्। ‘म जुन हदसम्म जान सक्थेँ, गएँ। अब मैले रक्सी पिउन छोडिसकेको छु’ पिटले भनेका छन्। उनकी पूर्वपत्नी एन्जेलीनाले ब्राडको ईर्ष्यापूर्ण व्यवहार र रक्सी पिउने बानीबट हैरान भएपछि आफूले सम्बन्धविच्चछेद गर्न बाध्य भएको बताएकी थिइन्। साथै आफ्ना बच्चाहरूलाई कसरी रेखदेख गर्ने भन्ने विषयमा कुरा नमिलेको कारण पनि आफूहरू अलगिएको बताएकी थिइन्। तर, ब्राडले भने पूर्वपत्नीको कुरा खण्डन गर्दै बच्चाको पढाइका बारेमा एन्जेलीनाले आफ्नो निर्णय नमानेको र यो व्यवहारबाट हैरान भएको बताएका छन्। सन् २०१६ मा अलग भएका उनीहरूको ६ जना बच्चाहरू रह...