Friday, July 12

Tag: बैंक

सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार   
प्रमुख समाचार, समाचार

सबै नेपालीलाई बैंक खाता अभियान : वित्तीय पहुँचको आधार   

– रमेश लम्साल काठमाडौँ, १ वैशाख (रासस) : आज विक्रम संवत् २०७६ को पहिलो दिन । आम नेपाली नयाँ वर्षको स्वागतमा रमाइरहेका छन् । चैत–वैशाख, वसन्त ऋतु अर्थात् बोटबिरुवामा समेत नयाँ कोपिला लाग्ने मौसम । यही अवसरमा सरकारले पनि आजैदेखि नयाँ अभियान शुरु गरेको छ । सरकारले नयाँ वर्ष पहिलो दिन नै देशैभर ‘खोलौँ बैंक खाता’ अभियान शुरु गरेको हो । ‘समृद्धिसँग जोडौँ नाता सबै नेपालीको बैंक खाता’ भन्ने नाराका साथ अभियान शुरु गरिएको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा नै सबै नेपाली नागरिकको बैंक खाता खोल्ने अभियान नै चलाउने कार्यक्रम समावेश गरेको छ । सोही कार्यक्रमलाई सफल बनाउने लक्ष्यका साथ आजदेखि सबै नेपालीको बैंक खाता खोल्ने अभियान शुरु भएको हो । वित्तीय रुपमा नेपाली नागरिकलाई सबल, सक्षम एवम् जागरुक बनाउने र सबै आर्थिक कारोवार बैंक खातामार्फत गर्ने गरी अभियान शुरु गरिएको हो । प्रधानमन्त्री केपी शर्म...