Wednesday, February 21

Tag: बेल्ट एण्ड रोड फोरम

बेल्ट एण्ड रोड फोरम : विश्वव्यापीकरण दोस्रो संस्करण
विश्व

बेल्ट एण्ड रोड फोरम : विश्वव्यापीकरण दोस्रो संस्करण

काठमाडौं : चीनको राजधानी बेइजिङमा अप्रिल २५ देखि २७ सम्म आयोजना हुने दोस्रो बेल्ट एण्ड रोड फोरम (क्षेत्र तथा मार्ग मञ्च) मा विश्वका ४० मुलुकका नेता, १५० मुलुकका प्रतिनिधि तथा संयुक्त राष्ट्रसंघका साथै अनेकौँ अन्तर्राष्ट्रिय तथा क्षेत्रीय संस्थाहरूले भाग लिने भएका छन्। चिनियाँ राष्ट्रपति सी जिनपिङको आतिथ्यमा बेइजिङको नेसनल कन्भेन्सन सेन्टर (राष्ट्रिय सभा केन्द्र) मा आयोजना हुने यस मञ्चमा यस वर्ष रसियाली राष्ट्रपति भ्लादिमिर पुटिन, सिंगापुरका प्रधानमन्त्री ली सिन लुङ, अस्ट्रेलियाली चान्सलर सबास्टियन कुर्ज, ग्रिसेली प्रधानमन्त्री अलेक्सी सिप्रास, हङ्गेरियाली प्रधानमन्त्री भिक्टर अर्बन, इटालेली प्रधानमन्त्री गिसेप कोन्ट तथा पाकिस्तानी प्रधानमन्त्री इमरान खानले पनि भाग लिने भएका छन्। चिनियाँ विदेशमन्त्री वाङ यीलाई उद्धरण गर्दै रसियाली समाचार संस्था तास तथा सिङ्गापुरको स्ट्रेट्स टाइम्सले दिएको ज...