Sunday, September 8

Tag: बुवाआमा

यस्तो गाउँ जहाँ आमा‍बिना नै हुर्किँदै छन् बालबालिका
विश्व

यस्तो गाउँ जहाँ आमा‍बिना नै हुर्किँदै छन् बालबालिका

पूर्वी इन्डोनेसियाको एउटा भाग यस्तो छ जहाँ आमाहरू नै छैनन् भन्दा हुन्छ। यहाँका सबै आमाहरू अन्य देशमा रोजगारीका लागि जाने गर्छन्। इन्डोनेसियाका मानिसहरूले यो ठाउँलाई आमाविहीन गाउँ भन्ने गर्दछन्। आमाहरूले गाउँ छोडेपछि बालबालिको रेखदेख गर्ने काम बुवाहरूको हुने गर्दछ। धेरै जसो घरमा यस्तै अवस्था हुने भएकाले यहाँका छिमेकीहरू एकआपमा बालबालिकाको स्याहारसुसार गर्ने गर्दछन्। यहाँका बालबालिकालाई आमाहरू रोजगारीमा दोस्रो मुलुक जाँदाको दृष्य देख्नु एकदमै भावुक पल हुने गर्दछ।  यहाँका केही बालबालिकाहरू यस्ता पनि छन् जसका बुवा आमा दुवै विदेशमा रहेका छन्। बुवाआमा दुवै नभएका बालबालिकालाई यस्तो विद्यालयमा भर्ना गरिन्छ जहाँ उनीहरू बसोबास गर्छन् र पढ्छन् पनि। यस्ता विद्यालय यहाँका स्थानीय महिला तथा माइग्रेन्ट राइट समूहहरूले सञ्चालन गर्ने गरेका छन्। धेरैजसो आमाहरू आफ्ना बालबालिकाको खुसी देख्न र राम्रो जीवनयापनका...