बिल गेट्स कसरी बने सफल खुलाएर रहस्य
विश्वका सबैभन्दा सफल मान्छेमध्ये एक हुन् बिल गेट्स । धेरैलाई जिज्ञासा हुन्छ, सामान्य आर्थिक हैसियतबाट उठेर ९७ अरब डलरको मालिक बनेका बिल गेट्सको सफलताको सूत्र के होला ?
बिल गेट्सकै भनाइमा उनको सफलताको एउटै सूत्र छ । त्यो हो, पढ्ने र लगातार सिक्ने बानी ।
आफ्नो सफलताको रहस्यबारे बिल गेट्स भन्छन्, ‘बाल्यकालमा मेरा थुप्रै सपना थिए, र त्यसको अधिकांश हिस्सा एउटै तथ्यबाट हुर्कियो कि मैले प्रशस्त पढ्ने अवसर पाएँ ।’
यसबाट स्पष्ट हुन्छ कि बिल गेट्सको सफलताको पहिलो कारण उनको अध्ययनशीलता हो । उनी अध्ययनमा प्रशस्त समय खर्चन्छन् ।
तीन सन्तानका पिता, एक सफल उद्यमी तथा परोपकारी, जो आफ्नो पल–पलको समय तालिकामा बिताउँछन्, तैपनि उनी हप्तामा एउटा किताब पढ्न भ्याउँछन् ।
‘अचेल म विश्वका रमाइला ठाउँहरु घुम्ने मौका पाउँछु, वैज्ञानिकहरुसँग भेट्छु, अनलाइनमा थुप्रै लेक्चरहरु हेर्छु । तर, पढ्नु अझै पनि मुख्य मार्ग हो, ...