Sunday, July 21

Tag: बिरामी

गर्मी बढेसँगै कैदीबन्दी बिरामी हुने क्रम बढ्यो
प्रमुख समाचार, स्वास्थ्य

गर्मी बढेसँगै कैदीबन्दी बिरामी हुने क्रम बढ्यो

बर्दिवास : बढ्दो गर्मीसँगै महोत्तरी कारागारमा कैदीबन्दी बिरामी हुने क्रम ह्वात्तै बढेको छ । क्षमताभन्दा बढी कैदीबन्दी रहेको महोत्तरीको जलेश्वरस्थित कारागारमा पछिल्लोपटक गर्मी बढेसँगै बिरामीको सङ्ख्या ह्वात्तै बढेको हो । कारागारमा दम्मा (श्वासप्रश्वास), रुघाखोकी, ज्वरो, निमोनिया र लुतोलगायत रोगका बिरामी ह्वात्तै बढेको कारागार प्रशासनले जनाएको छ । न्यायिक निकायले थेग्नै नसक्ने गरी कैदीबन्दी पठाइदिने गरेपछि उनीहरुको बसाइ व्यवस्थापन गर्न गाह्रो भएको र योसँगै बिरामी हुने क्रम बढेकाले चुनौती थपिएको कारागार प्रशासनले जनाएको छ । अहिले दिनहुँ नियमित उपचार लिनेको सङ्ख्या १०० को हाराहारीमा रहेको कारागारका निमित्त प्रमुख (जेलर) समेत रहनुभएका वरिष्ठ स्वास्थ्यकर्मी प्रदीपकुमार साहले बताए । कुल १३५ कैदीबन्दी राख्न सक्ने क्षमताको यो कारागारमा अहिले तेब्बरभन्दा बढी सङ्ख्याका कैदीबन्दी भएपछि उनीहरुको बसाइकै...