Thursday, April 18

Tag: बिबिसी

पृथ्वीबाट धेरैटा टाढाको ‘बस्नयोग्य’ ग्रहमा भेटियो पानी
प्रमुख समाचार

पृथ्वीबाट धेरैटा टाढाको ‘बस्नयोग्य’ ग्रहमा भेटियो पानी

पृथ्वीबाट धेरै टाढा रहेको एउटा तारालाई परिक्रमा गर्ने ग्रहको वायुमण्डलमा पानी रहेको तथ्य फेला परेको खगोलविद्‌हरूले दाबी गरेका छन्। उक्त ग्रह आफ्नो माउ ताराको बस्नयोग्य क्षेत्रभित्र परिक्रमा गर्छ। यो अन्वेषणले केटू-एटिनबी 'K2-18b' नामक उक्त ग्रह पृथ्वीबाहिर जीवनका लागि उपयुक्त स्थान हुन सक्ने देखाएको छ। दश वर्षभित्र नयाँ अन्तरिक्ष टेलिस्कोपले उक्त ग्रहको वायुमण्डलमा प्राणीहरूले बनाउने ग्यास भए वा नभएको निर्क्यौल गर्न सक्नेछ। नेचर एस्ट्रोनमी नामक वैज्ञानिक जर्नलमा उक्त अध्ययनको विवरण प्रकाशित भएको छ। युनिभर्सिटी कलेज लन्डनकी प्राध्यापक तथा प्रमुख वैज्ञानिक गिओभाना टिनेटीले यो पछिल्लो खोजलाई "अद्भभुत" भनेकी छन्। "जीवित रहन सक्ने अवस्थासँग सम्भवतः मेल खाने तापक्रम भएको एउटा ताराको बस्नयोग्य क्षेत्र वरपरको एउटा ग्रहमा पहिलो पटक हामीले पानी रहेको पत्ता लगाएका छौँ," उनले भनिन्। ग्रहको सतहमा पानी ...