Wednesday, April 17

Tag: बिचल्ली

चरम गरिबीका कारण आत्महत्या, पाँच छोराछोरीको बिचल्ली
समाचार

चरम गरिबीका कारण आत्महत्या, पाँच छोराछोरीको बिचल्ली

म्याग्दी : दैनिक ज्याला मजदूरी गरेर जीविका चलाउँदै आएका उत्तरी म्याग्दीको अन्नपूर्ण गाउँपालिका–१ दोबाका अमबहादुर राम्जालीले गरीबीका कारण आत्महत्या गरेपछि उनको परिवार बिचल्लीमा परेको छ । चरम गरीबीका कारण छोराछोरीलाई पेटभरि खानसमेत दिन नसकेको पीरले राम्जालीले आत्महत्या गरेपछि श्रीमतीसहित पाँच छोराछोरीको बिचल्ली भएको हो । दुई वर्षअघि लोग्नेले यो संसार छाडेर गएपछि छिमेकीको घरमा बस्दै आएकी अमबहादुरकी श्रीमती डल्लीले पाँच छोराछोरीलाई बिहान–बेलुकी हातमुख जोड्न र विद्यालयमा पढाउन निकै समस्या भएको बताए । बिदा र फुर्सदको समयमा गाउँमा काम गरेर सङ्कलन गरेको पैसाले घरखर्च र शैक्षिक सामग्री खरीद गर्ने गरेको कैशाल माविको कक्षा १० मा अध्ययरत रामजालीकी छोरी कुशुमले बताइन् । 'अर्काको घरमा बस्छौँ, चुल्होमा मिठो खानेकुरा पाक्दैन', उनले भनिन् । उनले छिमेकी र आफन्तलाई मागेर खानुपर्ने बाध्यतालाई लुकाउने कैयौँ रा...