Friday, July 12

Tag: बागलुङ

रित्तिए गाउँ, सुनसान विद्यालय
रोचक

रित्तिए गाउँ, सुनसान विद्यालय

बागलुङ : केही वर्ष पहिला ५०० विद्यार्थी रहेको बागलुङ नगरपालिका-११ रायडाँडाको महाविद्याजन माध्यमिक विद्यालयमा अहिले विद्यार्थीको संख्या घटेर २५० को हाराहारीमा आएको छ । कक्षा १० सम्म पठनपाठन हुने समयमा भन्दा कक्षा १२ सम्म पठनपाठन हुने समयमा विद्यार्थीको संख्या घट्दै गएको हो । विद्यार्थी घट्ने समस्या काठेखोला गाउँपालिका–५ बिहुँमा रहेको कर्लिम आधारभूत विद्यालयमा पनि छ । कर्लिम आधारभूत विद्यालयमा पाँच वर्षअघिसम्म झण्डै २५० विद्यार्थी थिए । यहाँ अहिले १०० विद्यार्थी पुर्‍याउन कठिन छ । उल्लेखित विद्यालय जिल्ला सदरमुकाममा रहेका विद्यालयबाहेक गाउँका सबै विद्यालयमा रहेको समस्याका प्रतिनिधि मात्रै हुन् । बसाइँसराइका कारण बागलुङका गाउँ रित्तिँदै गएकाले विद्यालयमा विद्यार्थी अभाव देखिन थालेको हो । यहाँका सामुदायिक विद्यालय मात्रै होइन, गाउँमा सञ्चालित निजी आवासीय विद्यालयमा समेत बसाइँसराइको प्रभाव देखि...