Thursday, April 18

Tag: बागमती

यसरी बग्छ वाग्मतीमा प्रतिसेकेण्ड ४० लिटर पानी
प्रमुख समाचार, रोचक, शिक्षा

यसरी बग्छ वाग्मतीमा प्रतिसेकेण्ड ४० लिटर पानी

रमेश लम्साल     काठमाडौं : हरेक साता वाग्मती नदीको सफाइ अभियान चल्छ। सफाइका लागि विभिन्न संघसंस्था तथा स्वयंसेवीसमेत परिचालित हुन्छन्। फोहर संकलन भएको टनटनको हिसाब पनि सार्वजनिक हुने गरेको छ। तर, वाग्मती सधैँ उस्तै फोहोर नै छ। नदीका रूपमा भन्दा पनि ढलका रूपमा वाग्मती नदीले आफ्नो परिचय दिँदै आएको छ। अव्यवस्थित शहरीकरणका कारण ढलको पानी सिधै नदीमा मिसाउने प्रचलनका कारण नदीले नदीको परिचय दिन सकेको छैन। नदीमा पानीको मात्राभन्दा फोहरको मात्रा बढी रहेको छ। जसका कारण हरेक साता आयोजना हुने सफाइ अभियानले तात्विक फरक पार्न सकेको छैन। स्वच्छ पानी अभाव र मानवीय ज्यादतिका कारण नदीले फोहोरबाट मुक्ति पाउन सकेको छैन। नदी मानव सभ्यतासँग जोडिएको छ। संसारका धेरैजसो शहर र सभ्यता नदीसँग सम्बन्धित हुन्छन्। काठमाडौं उपत्यकको मानव सभ्यतासँग जोडिएको वाग्मती मानव अतिक्रमणको चपेटामा परेका कारण फोहर मात्रै भएको छै...