Friday, February 23

Tag: बाख्रा

बाख्रा उपहारले एकल महिलामा खुशियाली   
समाचार

बाख्रा उपहारले एकल महिलामा खुशियाली   

सुशीला रेग्मी     बेझाड : रामपुर नगरपालिका–६ विजयपुरका जमुना घिमिरेले दुई छोरीको साथमा जीवनयापन गर्दै आएकी छिन् । श्रीमान्को निधन भएपछि उनलाई जीवन गुजारा गर्न भने त्यति सजिलो थिएन । दुई छोरीको पठनपाठन र घरायसी खर्च चलाउने जिम्मेवारी उनीमाथि आइपुगेको थियो । दुःखकष्टका साथ जनजिविका चलाउँदै आएकी धिमिरेलाई रामपुर नगरपालिका–६ कार्यालयले आयआर्जन गर्नका लागि बाख्रा उपहार दिएपछि उनको परिवारमा खुशियाली छाएको छ । 'एकल महिलालाई लक्षित गरी वडाले गरेको यस कार्यप्रति खुशी छु, बाख्रा पालेर आयआर्जन गरेर परिवारमा आम्दानीको स्रोत बढाउनेछु', उनले भनिन् । माऊ बाख्राको राम्रोसँग स्याहारासुसार गरी यसैबाट सङ्ख्या बढाउँदै लैजाउने उनले बताइन् । एकल महिला भनेपछि अझै पनि समाजमा व्यवसाय गर्न असहयोग गर्ने चलन विद्यमान नै छ । एकल जीवन बिताएका महिलाको जीवनस्तर उकास्नका निम्ति कार्यालयले एक वटा माऊ बाख्रा उपहारस्वरुप...