फेसबुकको क्रेज सकिएको हो ?
फेसबुकको मूल कम्पनी मेटाले १८ वर्षमा पहिलो पटक ठूलो नोक्सानी बेहोरेको छ । फेसबुकका प्रयोगकर्ताको संख्या लगातार घट्दै गएकाले मेटाले विज्ञापन व्यवसायमा घाटा बेहोर्नु परेको हो । मेटा विज्ञप्ति जारी गरेपछि कम्पनीको सेयर २२ प्रतिशतले घटेको छ ।
प्रतिवेदनमा कम्पनीको नाफा १०.३ अर्ब डलर सक्ने बताइएको छ । प्रतिवेदनका अनुसार पछिल्लो त्रैमासमा दैनिक १० लाख दैनिक सक्रिय प्रयोगकर्ता घटका छन्, जसका कारण कम्पनीलाई ठूलो घाटा भएको हो । मेटाको यो विज्ञप्तिपछि कम्पनीको बजार मूल्य २०० अर्ब डलरले घटेको छ ।
कम्पनीले गत त्रैमासिकमा दैनिक १ अर्ब ९५ करोड सक्रिय प्रयोगकर्ता हुने अपेक्षा गरेको थियो तर यो संख्या १ अर्ब ९३ करोडमा रोकिएको छ । प्रक्षेपणअनुसार मेटाले ३३.६७ बिलियन डलरको व्यापार गरेको छ । चौथो त्रैमासिकमा मेटाले १०.३ अर्ब डलर खुद नाफा कमाएको छ, जुन गत वर्षको तुलनामा आठ प्रतिशत कम हो ।
मेटाले विज्ञप्तिमा ...