गर्मीयाममा घरलाई कुल बनाउँछन् यी १० फूलले
सुन्दरमात्रै होइन फूलले घरलाई पनि कुल बनाउँछन्। गर्मीमा तापमान सामान्य राख्न घरभित्र मौसम बोटबिरुवा लगाउँदा लाभदायक हुन्छ। वैज्ञानिकहरूका अनुसार यी बिरुवाले घरलाई कुल मात्रै राख्दैन् त्यसको सुगन्धले वातावरण पनि शुद्ध बनाउँछन्।
जास्मिन
विशेषज्ञका अनुसार गर्मीमा जसले सेतो रंगको फूललाई घरभित्र ठाउँ दिन चाहन्छन् उनीहरूले जास्मिन् समूहका फूललाई रोज्दा राम्रो हुन्छ। यी विरुवा सुन्दर हुनुका साथसाथै औषधि गुणले पनि भरिपूर्ण छन्। यी फूलहरूको विरुवाको मूल्य पनि धेरै पर्दैन।
सूर्यमूखी
सूर्यमूखी गर्मी मौसममा हुने विरुवामध्ये सबैभन्दा गुणकारी विरुवा हो। साथै सूर्यमुखीका विरुवाको हेरचाह गर्न पनि सजिलो छ। यो बढ्नका लागि ७ देखि ८ घण्टासम्मको घामको आवश्यकता पर्छ। वैज्ञानिक डा आरएस कटियारका अनुसार यो अस्थमा, क्यान्सर जस्ता बिरामीसँग लड्ने क्षमता राख्द छ।
बेला
यो विरुवा पनि धेरै कुरामा गुणकारी हुन्छ। बेलाको प...