Thursday, May 23

Tag: फुलखेती

लोभ लाग्दो व्यावसायिक फूलखेती
प्रमुख समाचार

लोभ लाग्दो व्यावसायिक फूलखेती

कृष्ण दर्नाल तानसेन नगरपालिकाको प्रभासस्थित रक्साहामा गरिएको व्यावसायिक फूल खेतीप्रति यतिबेला सबै लोभिएका छन् । रुपन्देहीको बुटवल उपमहानगरपालिका निवासी राजेशकुमार गुप्ताले नर्सरीमा दुई दर्जनभन्दा बढी फूलको व्यावसायिक उत्पादनले फूलखेतीप्रति लोभिएका छन् । प्लाष्टिक घरभित्र रङ्गी विरङ्गी फूल फुलिरहेका दृश्यले त्यहाँ पुग्ने लालयित हुन्छन् । प्रायः मानिस फूलसँग झुमिन रुचाउँछन् । फूल टिपिहाल्ने, त्यसको सुगन्ध लिन मानिस निकै चाहन्छन् । शहरी क्षेत्रमा बढ्दो आवास निर्माणले हरियाली हराउँदै गएको छ । मानिस हरियाली गुमेपछि घरको आसपासका क्षेत्रमा रङ्गी विरङ्गी फूल रोपेर सुन्दर बनाउन चाहने कारणले फूलको नर्सरी सबैको आकर्षणको केन्द्रका रुपमा बदलिएको हो । फूलखेतीबाट रु १२ लाखसम्म आम्दानी फुलिरहेको फूल घर वरपर तथा घरभित्र गमलामा फूल रोपेर हरियाली बनाउनेको सङ्ख्या बढ्दो छ । गुप्ताले पाल्पामा उत्पादित फ...