Sunday, July 21

Tag: फिल्म स्टुडियो

गोर्खा वारियर : गोर्खा सैनिकको लडाइँको कथा
मनाेरञ्जन

गोर्खा वारियर : गोर्खा सैनिकको लडाइँको कथा

काठमाडौँ– वीरताको कथा र देशभक्तिलाई केन्द्रमा राखेर नेपालमा कमै चलचित्र बन्ने गरेका छन् । अनुसन्धानमा समय र निर्माण लागत धेरै लाग्ने भएकाले पनि निर्माता तथा निर्देशकले यस्ता विषयलाई ध्यान नदिएका हुन् । तर, पूर्वगोर्खा सैनिक रहिसकेका निर्देशक तथा निर्माता मिलन चाम्सले गोर्खालीले रचेको इतिहासलाई समेटेर ‘गोर्खा वारियर’ चलचित्र तयार पार्नुभएको छ । आगामी फागुन ११ देखि प्रदर्शन गरिने चलचित्र ‘गोर्खा वारियर’ मा सन् १९४९ मा मलाया जङ्गलमा बेलायती सेनामा आबद्ध गोर्खा सैनिकले लडेको लडाइँको कथा प्रस्तुत गरिएको छ । नेपालमा प्रदर्शन गर्नु अगाडि नै बेलायतस्थित लिसेस्ट स्क्वायरमा रहेको आइम्याक्स सिनेवल्र्डमा पहिलो प्रदर्शनी (प्रिमियर) गरेर अन्तर्राष्ट्रियरुपमा समेत चर्चामा रहेको चलचित्रलाई निर्माण गर्न तीन वर्ष लागेको निर्देशक चाम्सले बताउनुभयो । “मैले यसमा चलचित्रमा देखाइने काल्पनिकभन्दा ...
अन्तरिक्षमा बन्दै विश्वको पहिलो फिल्म स्टुडियो, टम क्रुजको फिल्म सुटिङ हुने
जीवनशैली, प्रविधि, मनाेरञ्जन

अन्तरिक्षमा बन्दै विश्वको पहिलो फिल्म स्टुडियो, टम क्रुजको फिल्म सुटिङ हुने

अन्तरिक्षमा विश्वको पहिलो फिल्म स्टुडियो निर्माण हुने भएको छ । स्पेस इन्टरटेनमेन्ट इन्टरप्राइज (एसईई)ले अन्तरिक्षमा फिल्म स्टुडियो बनाउन लागेको हो । आगामी केही वर्षमा वास्तविकतामा परिणत हुने एसईईले जनाएको छ । एसईईले यो शून्य गुरुत्वाकर्षणमा बन्ने विश्वको पहिलो मनोरञ्जन स्टुडियो हुने दाबी गरेको छ । साथै यसमा बहुउद्देश्यीय एरिना हुने दाबी पनि एसईईको छ । एसईई अभिनेता टम क्रुजको आगामी 'स्पेस चलचित्र' को सह-निर्माता पनि हो । एसईईले डिसेम्बर २०२४ सम्ममा स्पेस स्टेसन मोड्युल निर्माण गर्ने योजना अघि सारेको छ । यसअन्तर्गत अन्तरिक्षमा कन्टेन्ट स्टुडियोसँगै खेलकुद र मनोरञ्जनका लागि पनि ठाउँ निर्माण गरिनेछ । एक समाचार एजेन्सीको रिपोर्टअनुसार एसईई-१ नामक यो मोड्युलले लो-अर्बिट, सूक्ष्म गुरुत्वाकर्षण वातावरणमा रचनात्मक काम गर्न चाहने कलाकार, निर्मातालगायतलाई सहयोग गर्ने छ । फिल्म स्टुडियोले उत्पादन,...