Thursday, April 18

Tag: फिलिपिन्स

फिलिपिन्समा पुनः भूकम्पको धक्का, ११ को मृत्यु
विश्व

फिलिपिन्समा पुनः भूकम्पको धक्का, ११ को मृत्यु

मध्य फिलिपिन्सको समार प्रान्तमा मंगलबार मध्याह्न पुनः ६.२ म्याग्नीच्यूडको शक्तिशाली भूकम्प गएको फिलिपिन्स भौगर्भिक केन्द्रले जनाएको छ। भूकम्पको केन्द्र पूर्वी समार प्रान्तको सान जुलियानबाट करिब १९ किलोमिटर उत्तरतर्फ जमिनको सतहबाट करिब १७ किलोमिटर मुनि रहेको केन्द्रले जनाएको छ। भूकम्पको धक्का फिलिपिन्सको राजधानी मनिलासहित मध्य फिलिपिन्सका धेरै प्रान्तमा अनुभव गरिएको थियो । उक्त भूकम्पबाट भएको क्षतिको विवरण प्राप्त भइसकेको छैन । यसैबीच, सोमबारको भूकम्पबाट मारिने व्यक्तिको संख्या ११ पुग्नुका साथै २४ जना हराइरहेको फिलिपिनी अधिकारीहरुले बताएका छन् । निकै ठूलो जनधनको क्षति गरेको उक्त भूकम्पबाट भएको मानवीय क्षति अझ बढ्न सक्ने बताइएको छ । राजधानी मनिलाको उत्तरी प्रान्त पाम्पान्गाको पोराक शहरमा भवनहरु र अरु संरचना भत्किएका छन् । उक्त शहरमा सुरक्षाकर्मी एवं स्थानीय व्यक्तिहरुले रातभर उद्धारका काम गर...