Thursday, April 18

Tag: प्रियंका गान्धी

प्रियंका गान्धी र रबर्ट वाड्राको ‘प्रेम कथा’
रोचक, साहित्य

प्रियंका गान्धी र रबर्ट वाड्राको ‘प्रेम कथा’

छिमेकी देश भारतमा गान्धी परिवारलाई ‘राजपरिवार’ वा ‘खान्दान’का रुपमा हेर्नेको संख्या निकै छ । यो परिवारको जीवनशैली जे जस्तो भए पनि वा जस्तोसुकै उपमा दिइए पनि वास्तवमा गान्धी परिवार एक ‘राजनीतिक परिवार’ हो । यही परिवारकी एक महत्वपूर्ण सदस्य अर्थात कांग्रेस आईकी नेतृ प्रियंका गान्धी यतिखेर भारतीय राजनीतिको तातो बहसको एक पात्र बनेकी छन् । सर्वसाधारण मानिसलाई यस्ता व्यक्तिले पनि कसैसँग प्रेम गर्लान् वा ती कसैबाट प्रभावित भई प्रेम गर्न थाल्लान् भन्ने उतिविधि विश्वास लाग्दैन । तर यथार्थ अलि फरक छ । प्रियंका गान्धीलाई रबर्ट वाड्रा नामक एक पुरुष १३ वर्षको उमेरमै मन परेको थियो । उता, रबर्ट पनि प्रियंकाको साधारणपनासँग मोहित भएका थिए । विस्तारै ती दुवैबीच कुराकानी बाक्लिँदै जान थाल्यो । प्रियंका पनि रबर्टप्रति आकर्षित हुँदै गइन् । यी दुईबीच विश्वास र आकर्षणको मात्रा यसरी वृद्धि हुँदै गयो कि, कुन बेल...
भारतीय चुनाव : चर्चामा प्रियंका    
विश्व

भारतीय चुनाव : चर्चामा प्रियंका    

मोहिनी मिश्र रिसाल भारतमा भारतीय कांग्रेस पार्टी इतरका राजनीतिक दलहरू र विशेषगरी भारतीय जनता पार्टीले प्रायः उठाउने गरेको एउटा विषय हो– भारतीय कांग्रेसले आफ्नो पार्टीको नियन्त्रण आफ्नै बंश र परिवारभित्रै राख्यो। उक्त राजनीतिक दलले परिवार तथा बंशको वरिपरि शासन व्यवस्था केन्द्रित गर्‍यो, पार्टीको ‘हाइकमाण्ड’ आफ्नै परिवारका सदस्यको घेराभित्र सीमित राख्यो भन्ने आरोप लगाउने गरिन्छ। त्यो आरोप खेप्ने परिवार हो, गान्धी परिवार। सन् २०१४ को आमनिर्वाचनको आफ्नो प्रचार अभियानमा भारतीय जनता पार्टीका तत्कालीन नेता तथा वर्तमान प्रधानमन्त्री नरेन्द्र मोदीले भारतीय कांग्रेस पार्टी नभएर भारतीय गान्धी पार्टी भनेर नामकरण नै गरिदिएका थिए। त्यस समय भारतीय कांग्रेस पार्टीको अध्यक्षमा सोनिया गान्धी र उपाध्यक्षमा राहुल गान्धी थिए। यसरी सो पार्टीलाई सबैभन्दा बढी परिवारवादको आरोप लगाउनेमा त्यस समयको प्रमुख विपक्ष...