Wednesday, April 17

Tag: प्राडा. सुरेन्द्र केसी

प्रा.डा. सुरेन्द्र केसीको जीवन : खान पनि फुर्सद छैन
जीवनशैली

प्रा.डा. सुरेन्द्र केसीको जीवन : खान पनि फुर्सद छैन

प्रा.डा. सुरेन्द्र केसीलाई खानसमेत फुर्सद छैन । शनिवार केसीनिवास पुग्दा उनी लोकसेवा आयोग तयारी गरिरहेकालाई पढाउन जान लागेका थिए । विश्वविद्यालयमा इतिहासका प्राध्यापक डा. केसी सबैभन्दा बढी क्षेत्रकालाई पढाउनेमा पर्छन् । उनले सुनाए, ‘विश्वविद्यालय अलावा सशस्त्र प्रहरी, जनपद, नेपाल प्रहरी, सेना र लोकसेवा आयोग तयारी गर्दै गरेकालाई समेत पढाउँछु । त्यसले पढाउने साँच्चैको आकांक्षा पूरा गरेको छ ।’ विश्वविद्यालयमा इतिहास पढ्ने विद्यार्थी शून्यजस्तै भए पनि उनलाई पढाउन खाँचो छैन । उनले एउटै कक्षामा तीन सय विद्यार्थीसम्मलाई पढाउँछन् । पढाउन माइकको सहायता लिनुपर्छ । लोकसेवा आयोगअन्गर्तत सहसचिवसम्मलाई पढाउने उनले सेनाका कर्णेल, प्रहरीका एसपीसम्मलाई पढाउन भ्याएका छन् । त्यसको प्रभाव र प्रतिक्रिया नराम्रो नभएको बताउने ५० पुस्तकका लेखक प्रा. डा. सुरेन्द्र केसीसँग रातोपाटीको मेरो जीवनका लागि दीपेन्द्र राईले...