Saturday, April 20

Tag: प्रभु बैंक

प्रभु बैंकको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण
अर्थ, समाज

प्रभु बैंकको शेयर कारोबार रोक्का, नेप्सेले सोध्यो स्पष्टीकरण

नेपाल स्टक एक्सचेञ्जले प्रभु बैंकको कारोबार रोक्का गरेको छ । बैंकले कारोबार समयमा सञ्चालक समितिको बैठक गरेर लाभांश घोषणा गरेको भन्दै नेप्सेले दोस्रो बजारमा बैंकको धितोपत्र कारोबार रोक्का गरेको हो । बैंकले गत मङ्गलबार कारोबार भइरहेको समय (दिउँसो १ देखि ३ बजे)मा बैठक बसी धितोपत्र कारोबार तथा मूल्य प्रभावित पार्ने काम भएको भन्दै धितोपत्र सूचीकरण विनियमावली–२०७५ को विनियम १६(१)ख मा भएको व्यवस्थानुसार कम्पनीको कारोबार रोक्का गरेर सात दिनको समय दिई स्पष्टीकरण सोधेको नेप्सेले जनाएको छ । बैंकको मङ्गलबार बसेको सञ्चालक समिति बैठकले लगानीकर्तालाई १२ प्रतिशत बोनस शेयर र कर प्रयोजनका लागि शून्य दशमलव ६३ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको थियो ।...
प्रभु बैंकले खुलायो ठूलो संख्यामा जागिर, कुन पदमा कति हेर्नुहोस् विज्ञापन
समाचार

प्रभु बैंकले खुलायो ठूलो संख्यामा जागिर, कुन पदमा कति हेर्नुहोस् विज्ञापन

काठमाडौं : प्रभु बैंकले विभिन्न पदका लागि जागिर खुलाएको छ । प्रभु बैकद्वारा प्रकाशित सूचनाअनुसार ६७ जनाभन्दा धेरै कर्मचारीका लागि आवेदन माग गरेको छ । बैंकद्धारा प्रकाशित विज्ञापन अनुसार ब्रान्च म्यानेजररइन्चार्ज १७ जना, रिलेसनसिप अफिसर १७ जना, अपरेशन इन्चार्ज १७ जना, ब्रान्च म्यानेजर(चलिरहेका शाखाका लागि) ४ जना, असिस्टेन्ट रिलेसनसिप म्यानेजर २ जना, रिलेसनसिप अफिसर १० जना, मयानेजमेन्ट ट्रेनी केहि , टेलररसिएसडीमा पनि केहि कर्मचारी गरी ६७ जना भन्दा धेरै जनाको लागि जागिर खुलाएको छ । विशेष गरी यी जागिर सुनसरी , धादिङ, चितवन, गोर्खा, पर्वत, कास्की, स्याङजा, कपिलबस्तु, रुपन्देही, सिन्धुपाल्चोक, सर्लाही , रसुवालाई लक्षित गरी खोलीएको बैंकले जनाएको छ । ...