Sunday, July 21

Tag: प्रदूषण

उपत्यकाका अधिकांश सवारीमा प्रदूषण फेल   
समाचार

उपत्यकाका अधिकांश सवारीमा प्रदूषण फेल   

काठमाडौं : उपत्यकामा चल्ने अधिकांश सवारी साधनमा प्रदूषण फेल रहेको देखिएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियानअन्तर्गत ट्राफिक प्रहरी, यातायात व्यवस्था विभाग र सवारी परीक्षणको संयुक्त टोलीले यातायातका साधनबाट हुने प्रदूषण अनुगमन तथा जाँच गर्दा अधिकांश सवारी साधनमा प्रदूषण फेल देखिएको हो । महाशाखाले गत चैत २१ गतेदेखि गरेको एक हजार ३२४ सवारी साधनको प्रदूषण अनुगमन तथा जाँचमा ६७० सवारी साधनमा प्रदूषण फेल देखिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्तकुमार पन्तले उपत्यकामा चल्ने अधिकांश सवारी साधन प्रदूषण फेल देखिएको बताए । “ट्राफिक प्रहरीलाई पर्याप्त रुपमा प्रदुषण जाँच गर्ने मेसिन नहुँदा धेरै सवारी साधनको प्रदूषण जाँच गर्न सकिएको छैन”, उनले भने । महाशाखाले उपत्यकाको ट्राफिक व्यवस्थापन तथा प्रदूषण नियन्त्रण अभियान–२०७५ अ...