Saturday, April 20

Tag: पोखरा

पोखरा विमानस्थलको धावनमार्ग निर्माण ३ मिहनामै सम्पन्न
समाचार

पोखरा विमानस्थलको धावनमार्ग निर्माण ३ मिहनामै सम्पन्न

काठमाडौं : निर्माण सुरु भएको तीन महिनामै पोखरा क्षेत्रीय अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको धावनमार्गको निर्माण कार्य पूरा भएको छ । दुई हजार पाँच सय मिटर लम्बाइ र ४५ मिटर चौडाइको उक्त धावनमार्गको बुधबार निर्माण कार्य सकिएको नेपाल नागरिक उड्डययन प्राधिकरण अन्तर्गतको राष्ट्रिय गौरवका आयोजनाका निर्देशक प्रदिप अधिकारीले जानकारी दिए । 'निर्माणको काम आज पूरा भएको छ' उनले भने, ‘अब बाँकी निर्माणका काम निरन्तर अघि बढ्छन् ।’ अहिलेसम्म एप्रोन र जहाज पार्किङ स्थल निर्माणको काम पनि पूरा भइसकेको छ । उक्त पार्किङमा तीनओटा ठूला र आठओटा साना जहाज पार्किङ गर्न मिल्नेछ । विमानस्थल निर्माणको जिम्मा पाएको चाइना सीएएनसी इन्जिनियरिङ कन्सल्टेन्सीले धावनमार्ग निर्माण गरेको हो । अन्य विमानस्थल कालोपत्रे गरिने भए पनि यो नेपालमै पहिलोपटक ढलान गरिएको धावनमार्ग हो । तीव्र गतिमा निर्माणको काम अघि बढेको उक्त विमानस्थल...
चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म
शिक्षा

चैते दशैँ र नयाँ वर्षको प्रभाव पोखरादेखि मुस्ताङसम्म

पोखरा ।  नयाँ वर्ष २०७६ नेपालीका घरआँगनमा भित्रँदै गर्दा यही समयमा परेको चैते दशैँ समेतको प्रभाव यतिखेर पोखरादेखि मुस्ताङसम्म परेको छ । विद्यार्थीको एक शैक्षिक वर्ष समाप्त भई अर्को शुरु हुने अवस्थाका साथै कार्यालयमा वर्षको बचेका बिदासमेतको उपयोग गर्ने आन्तरिक पर्यटकका कारण पोखरादेखि मुस्ताङसम्म नै चहलपहल बढाएको हो । विशेषतः चैतको अन्तिमतिर दुई/चार दिन बिदा समय मिलाएर पोखरा घुम्नकै लागि देशका विभिन्न भूभागबाट आन्तरिक पर्यटक आउने गरेको पर्यटन व्यवसायी एवं होटल एशियाका सञ्चालक धर्मराज पन्थीले बताउनुभयो । नजिकिँदै गरेको नयाँ वर्षलाई लक्षित गरी पोखरामा होटल अग्रिम बुकिङ गर्ने क्रम पनि शुरु भएको उहाँले जानकारी दिनुभयो । पोखरा आउने पर्यटक प्रेमप्रकाश मल्लको ‘माछापुच्छ«े फेवातालमा पौडी खेल्दोरैछ, पोखरा त साँच्चिको नै पोखरा पो रैछ’ गीतमा भने जस्तै माछापुच्छ«ेले डुबुल्की मारेको फेवातालसहित यहाँका ...