Sunday, July 21

Tag: पैसा

जो नेपाली नोटका डिजाइनर थिए …  
समाचार

जो नेपाली नोटका डिजाइनर थिए …  

नारायण ढुंगाना काठमाडौं : कलाका शुभचिन्तक विश्वनाथ भेटवाल २०१९ सालतिर पलाञ्चोक भगवती स्कुल काभ्रेमा पढाउँथे । नेत्रबहादुर थापाले लेखेको चार कक्षाको भूगोल पुस्तकमा थियो । नेपालको राजधानी काठमाडौँ उपत्यकाको चित्र । त्यसमा सलल बग्दै गरेको कर्मचासा, वाग्मती, विष्णुमती नदी प्रष्टै झल्किन्थ्यो । उक्त चित्रमा रहेको फूलचोकी, शिवपूरीको सुन्दर दृश्यले लोभ्याउँथ्यो । उक्त सजिव चित्रमात्रै होइन अहिले चल्तीमा रहेको सुन्दर र आकर्षक देखिने नेपाली नोट होस् या स्वस्थानी ब्रतकथाको पुस्तकमा रहेका चित्रहरु नै किन नहुन् । नेपाली कला क्षेत्रका मूर्धन्य कलाकार केशव दुवाडीको योगदान राष्ट्रका लागि अतुलनीय छ । विराटनगरमा १९७८ मङ्सिरमा जन्मिइ २०५३ साल पुस १८ गते निधन भएका दुवाडीको जीवनकाल नै कला साधनामा बितेको थियो । “धेरै छ दुवाडीका योगदान, न राज्यले खोज्न सकेको छ, न उहाँका शुभचिन्तकले नै, स्वस्थानीमा हेर्नु...