Wednesday, February 21

Tag: पुष्प बस्नेत

बजारमा ‘पुलतीको घर’
साहित्य

बजारमा ‘पुलतीको घर’

काठमाडौं : 'झुसैझुस भएको कीराले सपना देख्छ रे, एक दिन रङैरङ पुतली बनेर उड्ने। जसलाई हामी झुसिलकीरा भनेर हेला गर्छौं, परपर धपाउँछौँ, राम्रो घाम, हरियो पात र रसिलो फलफूल खान पायो भने त्यही झुसिलकीराले जुनी फिर्छ। सुन्दर पुतली बन्छ ऊ।' 'मलाई लाग्छ, समाजले झुसिलकीरा ठानेर जेलमा पुर्‍याइएका मेरा प्रत्येक छोराछोरी सुन्दर पुतली हुन्। मात्र मौका चाहिएको छ, उनीहरूलाई झुसबाट निक्लिएर पुतली बनेर संसार डुल्नका लागि। म चाहन्छु मेरो घर त्यस्तो एक मौका बनोस् मेरा छोराछोरीका लागि । उनीहरू त्यहीँबाट जुनी बदल्न सकून्। प्रत्येक ‘झुसिलकीरा’ पुतली बनेर उड्न सकोस्।' माथिका हरफ अभिभावकको गल्तीका कारण अनायकमै जेल जीवन बिताउन बाध्य बालबालिकालाई उद्धार गरी उनीहरूको शैक्षिक उन्नयनका लागि आफूलाई समर्पित गरेकी समाजसेवी पुष्पा बस्नेतको जीवनीमा आधारित पुस्तक ‘पुतलीको घर’ को अंश हो। त्यही झुसिलकीराझै कारागारमा बस्न बाध्य...