पुष्पलाल: मार्क्सवादका नेपाली सूत्रधार
काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका संस्थापक महासचिव पुष्पलालको योगदानको स्मरण गरी ४१औँ स्मृति दिवस मंगलबार विभिन्न कार्यक्रम गरी मनाइँदैछ । नेपालमा कम्युनिस्ट पार्टीमार्फत नागरिकका पक्षमा अधिकार स्थापित गर्ने लक्ष्यका साथ नेकपा स्थापना गरेका श्रेष्ठको २०३५ साल साउन ७ गते भारतको गोविन्दबल्लभ पन्त अस्पतालमा उपचारका क्रममा निधन भएको थियो । पुष्पलालले विसं २००६ वैशाख १० गते नेकपा स्थापना गरेका थिए ।
नेपाली क्रान्तिका सिद्धान्तकारका रुपमा परिचित पुष्पलालले आफ्नो जीवनभर जनताको स्वतन्त्रताका लागि लडाइ लडे । विसं १९८१ असार १५ गते रामेछापको भँगेरीमा जन्मेका पुष्पलाल आफ्नो जीवनभर संगठन विस्तारमा लागे । उनले विश्व कम्युनिस्ट घोषणापत्रलाई २००५ सालमा नेपालीमा अनुवाद गरी प्रकाशन गरे ।
पुष्पलाल राणा विरोधी आन्दोलनका अगुवा शहीद गंगालाल श्रेष्ठका माइला भाइसमेत हुन् । पञ्चायती निरंकुशताको अन्त्यका लागि ‘स...