Wednesday, April 17

Tag: पिके डाँडा

पिके डाँडा : नजिकै देखिन्छ आठ हजार मिटरमाथिका हिमाल
प्रमुख समाचार, शिक्षा

पिके डाँडा : नजिकै देखिन्छ आठ हजार मिटरमाथिका हिमाल

नारायण ढुङ्गाना सगरमाथा रहेको तथा मनोरम हिमश्रृंखला र उच्च पर्वतीय क्षेत्र सोलुखुम्बु जिल्लाको पर्यटकीय महत्व बोकेको पिके हिल प्रकृतिले दिएको अनुपम उपहार हो। आठ हजार मिटरमाथिका छ हिमश्रृंखलालाई नजीकबाट नियाल्न सकिने पिके डाँडा स्थानीय शेर्पा समुदायको रहनसहन तथा दृष्यावलोकनका हिसाबले अति नै महत्वपूर्ण छ। समुद्र सतहबाट चार हजार ७० मिटरको उचाइमा रहेको उक्त डाँडासहित आसपासका क्षेत्र समेटेर पर्यटन प्रवद्र्धन गर्न सके उत्कृष्ट पर्यटकीय गन्तव्य हुने जनाइएको छ। यहाँबाट देखिने सुन्दरता र प्राकृतिक छटा नियाल्ने पर्यटक दोहोर्‍याएर आउने गरेको पिके बेस क्याम्पका पर्यटन व्यवसायी झोङ्बु शेर्पाले बताउनुभयो। सो क्षेत्रबाट मौसम खुल्दा अन्नपूर्ण, मनास्लु, कञ्चनजङ्घा, सगरमाथा, ल्होत्से, नुप्चे र मकालुलगायत हिमाल देख्न सकिने स्थानीयवासीको भनाइ छ। सरकारले गत वर्ष मात्रै प्रमुख १०० पर्यटकीय गन्तव...