Sunday, July 21

Tag: पारस खड्का

प्रधानमन्त्रीले दिए पारसलाई धन्यवाद
खेलकुद

प्रधानमन्त्रीले दिए पारसलाई धन्यवाद

प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाली क्रिकेटमा पुर्‍याएको योगदानका लागि नेपाली क्रिकेट टोलीका पूर्वकप्तान पारस खड्कालाई धन्यवाद दिएका छन् । प्रधानमन्त्री देउवाले अन्तर्राष्ट्रिय क्रिक्रेटबाट संन्यास  लिएका खड्काको आगामी यात्राका लागि पनि शुभकामना दिएका छन् । प्रधानमन्त्री देउवालले खड्कासँगको फोटो शेयर गर्दै लेखेका छन्, 'दुई दशकमा नेपाली क्रिकेटले हासिल गरेका हरेक ती सफलता, नेपालीले कहिल्यै नभुल्ने ती रोमाञ्चक जित र हामीलाई क्रिकेटमा झन् ठूलो सपना देख्न प्रेरित गरेकामा पारस खड्कालाई धन्यवाद ।' उनले दोस्रो इनिङमा पनि सफलता मिलोस् भन्ने कामना गरेका छन् । साथै उनले पारसलाई सरकारको साथ र सहयोग सधैँ रहने पनि उल्ले खगरेका छन । 'नेपाल र नेपालीको शिर उँचो बनाउन जिन्दगीको दोस्रो इनिङमा पनि सफलता मिलोस् । सरकारको साथ र सहयोग सधैँ रहने छ ।' खड्काले पनि क्रिकेटको विकासका लागि गरेको प्रतिवद्धताका लागि...
एकताबद्ध भएर कोभिड-१९ विरुद्ध लड्न पारस खड्काको अपिल
खेलकुद

एकताबद्ध भएर कोभिड-१९ विरुद्ध लड्न पारस खड्काको अपिल

नेपाली राष्ट्रिय टोलीका क्रिकेटर पारस खड्काले अत्यावश्यकबाहेकका काममा घरबाहिर नजान सबैलाई अपिल गरेका छन् । नेपाल राष्ट्रिय क्रिकेटका पूर्वकप्तानसमेत रहेका खड्काले आइतबार बिहान सामाजिक सञ्जालमार्फत क्रिकेट टिम र आफ्नो व्यक्तिगततर्फबाट अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन आग्रह गरेका हुन् । अहिले सहज परिस्थिति नभएको भन्दै उनले भनेका छन्, ‘सबै जना घर बसेर अत्यावश्यक कामबाहेक बाहिर ननिस्किन सरकार र सम्बद्ध निकायलाई सहयोग गरौँ ।’ उनले सबै एकताबद्ध भएर कोरोना भाइरसको महामारीविरुद्ध लड्न अपिलसमेत गरेका छन् ।  ...