‘पञ्चबुद्ध पाँच पाण्डव होइनन्’
भक्तपुर : भक्तपुरमा बौद्ध धर्मावलम्बीहरुले मनाउने पञ्चदान पर्वमा विभिन्न बिहारबाट निस्केर नगर परिक्रमा गर्ने पञ्चबुद्ध पाँच पाण्डव नभएको सरोकारवालाहरुले बताएका छन् ।
बौद्ध धर्मावलम्बीहरुले पाँच बुद्धलाई दान दिएर मनाउने पञ्चदान पर्वमा हिन्दू धर्मावलम्बीहरुले पाँच पाण्डवको रूपमा पूजा एवं दान गरेर मनाउँदै आएका छन् । हरेक वर्ष गुँलागा त्रयोदशी (भाद्र कृष्ण त्रयोदशी) मा नेपाल मण्डलका बौद्ध धर्मावलम्बी नेवार समुदायले मनाउने यो पर्व हिन्दू धर्मावलम्बीले पनि महत्वपूर्ण पर्वको रूपमा मनाउँदै आएका छन् ।
दानलाई महत्व दिई सर्वहिताय दान भनिने पञ्चदान पर्व पाँच पाण्डवलाई नभई पञ्चबुद्धलाई दिइने सरोकारवालाहरुको भनाइ छ । बौद्ध धर्म विज्ञ पुष्परत्न शाक्यले महायान बौद्ध सिद्धान्तअनुरूप बुद्ध धर्ममा पञ्चदान गर्नाले लोभ नाश भई मनमा शान्ति प्राप्त हुने बताउनुभयो ।
अर्का विज्ञ शान्तरत्न बज्राचार्यले भक्तपुरमा पञ्...