Wednesday, February 21

Tag: पाँचथर हत्याकाण्ड

आरुबोटे हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन गर्‍यो होला ?’   
प्रमुख समाचार

आरुबोटे हत्याकाण्ड : ‘बैरीले यतिसम्म किन गर्‍यो होला ?’   

रवीन्द्र काफ्ले फिदिम : आरुबोटे बजारबाट करीब ३०० मिटर पर डाँडोमा सानो, चिटिक्क परेको कच्ची घर । घरको माथिल्लोपट्टि कच्ची सडक । तीनकोठे घरको अघिल्तिर सानो भान्साघर । मुनिपट्टि बाख्रा र कुखुराको खोर । घरको पल्लोपट्टि बाँसको टाटी र टिनले बनेका भुइँघर । घरअघि दाउराको लामो थाक । भान्सा घरभन्दा मुनि पत–पत धुँवा आइरहेको, घर वरिपरि मानिसहरु बसेका । टाट्नोमा तीन वटा ठूलठूला खसी । भान्साघर छेवैमा थुपारिएका बाँसमाथि खसीतर्फ हेरेर बसेका थिए, बमप्रसाद साम्पाङ राई । साम्पाङले गत सोमबार आफ्ना साथी धनराज शेर्माको घरबाट खसी लैजाने तयारी गर्नुभएको थियो तर उहाँ कारणावश आइपुग्न सक्नुभएन । त्यही सोमबार राति धनराजको पूरै परिवारको हत्या भयो । धनराज, साम्पाङका अत्यन्तै मिल्ने र पुरानो साथी थिए । धनराजको घरमा सामथ्र्यविहीन भएर बस्नुभएका साम्पाङ केही भन्न चाहे पनि भन्न सकिरहनुभएको थिएन । “जहिल्यै रबि आउँदा मलाई...
पाँचथर हत्याकाण्ड : यसरी बचिन् नातिनी
प्रविधि

पाँचथर हत्याकाण्ड : यसरी बचिन् नातिनी

पाँचथर : ‘बोजु, बोजु !’ गहिरो निद्रामा रहेकी कान्छीमाया फियाकले मधुरो स्वर सुनिन् । आफूलाई नै बोलाएको ठम्याएपछि ‘को हो ?’ भनेर सोधिन् । ‘ढोका खोल्नू न,’ उताबाट आत्तिएको स्वर सुनियो । चकमन्न रातमा बाहिर पानी पर्दै थियो । आकाश गड्याङगुडुङ गर्दै थियो । यस्तो बेला को हो, के हो दोधार पर्दै कान्छीमायाले जसै ढोका खोलिन्, सीता खजुम बेगिएर घरभित्र छिरिन् । रगत देखेपछि कान्छीमायाले हत्त न पत्त ढोका बन्द गरी पनि हालिन् । उनले सोधीखोजी गरिन् । ‘सबैलाई सखाप पार्‍यो !’ सीताले ओठ कमाउँदै सानो स्वरमा यति मात्र भन्न सकिन् । त्यसपछि पानी मागिन् । पानी बाहिर बरन्डामा थियो । आफैं डरले थरथरी भइसकेकी कान्छीमायाले ढोका खोलेर बाहिर जाने आँट गरिनन् । लगत्तै सीता बेहोस भएर ढलिन् । कान्छीमाया पनि डरले रातभर काँप्दै बसिन् । भोलिपल्ट बिहान गाउँलेले कान्छीमायालाई बोलाए । उनले ढोका खोलेपछि थाहा पाइन्, करिब १० मिटर पर रह...