Friday, February 23

Tag: पलेँटी

यो पटकको पलेँटीमा गुञ्जिँदै संगीतकार विक्रम गुरुङ
मनाेरञ्जन, साहित्य

यो पटकको पलेँटीमा गुञ्जिँदै संगीतकार विक्रम गुरुङ

काठमाडौं : यो महिनाको सांगीतिक कार्यक्रम ‘पलेँटी शृङ्खला’मा प्रसिद्ध संगीतकार विक्रम गुरुङको प्रस्तुति हुने भएको छ । यसका निम्ति हङकङबाट संगीतकार विक्रम गुरुङ काठमाण्डौ आइपुगेका छन् । संगीतकार विक्रम फेवातालको पश्चिम पहाडमा रहेको तामागी गाउँमा जन्मिएका संगीतकार हुन् । विक्रमका पिता भारतीय सेनामा भएका कारणले उनको बाल्यकाल भारतको देहरादुनमा वित्यो । प्राथमिक तहमा पढ्दै गर्दा स्कुलमा पियानो बजाउँदै बालगीत सिकाएको दृश्यले उनलाई आकर्षित त गर्थ्यो तर त्यतिबेला उनी संगीत कक्षामै सहभागी विद्यार्थी भने थिएनन् । कक्षा पाँचको अध्ययनपछि विक्रमको परिवार पोखरा फर्कियो र उनी शुरुमा नेपाली आदर्श विद्यालयको नामले चिनिएको गण्डकी बोर्डिङ स्कुलमा भर्ना भए । गण्डकी बोर्डिङ स्कुलमा कक्षा दशसम्म पढेका उनले एसएलसी भने मल्टी पर्पोज न्यासनल हाइस्कुलबाट गरे । विक्रम सानै उमेरदेखि संगीतमा जिज्ञासु भएरै हो किशोर अवस्थ...