Thursday, April 18

Tag: पर्यटक

पथप्रदर्शक र भरियाविना पदयात्रा गर्छन् पर्यटक
प्रमुख समाचार

पथप्रदर्शक र भरियाविना पदयात्रा गर्छन् पर्यटक

जमुनावर्षा शर्मा पोखरा : नेपाल घुम्न आएका विदेशी पर्यटक एक्लाएक्लै विभिन्न पदमार्गमा आफूखुशी पुग्ने गरेका छन् । पर्यटकमाथि खासै निगरानी नहुँदा र लचिलो नीति रहँदा पर्यटकमाथि विभिन्न घटना घट्ने गरेका छन् भने उनीहरुबाट पनि अवाञ्छित गतिविधिहरु हुने गरेका छन् । नेपालको समृद्धिको आधार पर्यटन भनेर सरकारले विभिन्न प्रवद्र्धनात्मक कार्यक्रमहरु अघि सारेको छ । यद्यपि, पर्यटक स्वयंबाट विना पथप्रर्दशक र भरिया विभिन्न ठाउँ पुग्दा त्यसले सकारात्मक सन्देश प्रवाह गर्न भने नसकेको पथप्रदर्शकहरु बताउँछन् । पर्यटकका लागि पोखरा एउटा उत्कृष्ट गन्तब्यमा पर्ने गरेको छ । पर्यटक विशेष गरी पोखराको प्राकृतिक सुन्दर छटाहरुको दृश्यावलोकन गर्न र साहसिक खेलहरुमा रमाउन आउने गरेका छन् । नेपाल आउने पर्यटकमध्ये  ७० प्रतिशत विभिन्न पदयात्रामा पुग्ने गरेको ट्रेकिङ्ग एजेन्सिस एशोसियशन नेपाल (टान) पश्चिमाञ्चल क्षेत्रीय सङ्घ...