Wednesday, February 21

Tag: परिणीति चोपडा

परिणीति स्टारर ‘द गर्ल अन द ट्रेन’ फस्ट लुक
मनाेरञ्जन

परिणीति स्टारर ‘द गर्ल अन द ट्रेन’ फस्ट लुक

भारतीय अभिनेत्री परिणीति चोपडा छिट्टै नयाँ फिल्म 'द गर्ल अन द ट्रेन'मा देखिँदै छिन्। यो फिल्म हलिउड 'द गर्ल अन द ट्रेन' को रिमेक हो। यसलाई रिभू दासगुप्ताले निर्देशन गर्दै छन्। अभिनेत्री परिणीतिले यो फिल्मको पहिलो शेड्युलको सुटिङ सुरु गरेकी छन्। फिल्म निर्माताले परिणीतिसँग जोडिएको भूमिकाको लुक्स सार्वजनिक गरेको छ, जसमा उनी इन्टेन्स देखिएकी छन्। उनी रगतमा लतपत देखिएकी छन्। मलाई क्यारेक्टरसँग प्रेम भयो :  परिणीति आफ्नो भूमिकालाई लिएर उनले आफ्नो धारणा सार्वजनिक गरिकी छन्। उनले भनेकी छन्, यो फिल्ममा मलाई फरक किसिमको अनुभव भएको छ। मैले कुनै होस्टलमा अनशासित जीवन बिताए जस्तै अनुभव गरिरहेकी छु। मेरो जीवनका तीनवटा काम मात्रै छन्, शूट गर्ने, आराम गर्ने र त्यसलाई दोहोर्‍याउने। म हरेक दिन सुटिङबाट मन अन्यत्र लैजाने कोशिस गर्छु तर सेटमा जाने पनि तीव्र इच्छा हुन्छ। मलाई क्यारेक्टर मिरासँग प्रेम भएक...