Sunday, July 21

Tag: नेपाल सुनचाँदी व्यवसायी महासंघ

घट्यो सुनचाँदीका मूल्य
अर्थ

घट्यो सुनचाँदीका मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ७०० ले घटेर ९१ हजार ६०० तोकिएको छ । पहेँलो धातु अघिल्लो दिन प्रतितोला ९२ हजार ३०० मा कारोबार भएको थियो । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९१ हजार १०० कायम भएको छ । जसको मूल्य बिहीबार प्रतितोला ९१ हजार ८०० तोकिएको थियो । त्यस्तै, आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला रु १० ले घटेर एक हजार २२५ तोकिएको महासंघले जनाएको छ । महासंघले अन्तर्राष्ट्रिय बजारमा सुन तथा चाँदीका मूल्यमा हुने परिवर्तनका आधारमा यहाँ दैनिक कारोबार मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ७९२ डलर आसपास कारोबार भइरहेको छ ।...
आज बढ्यो सुनको मूल्य
अर्थ

आज बढ्यो सुनको मूल्य

सुनचाँदी बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला ६०० ले उकालो लागेको छ । अधिल्लो दिन प्रतितोला ९२ हजार २०० मा कारोबार भएको पहेँलो धातुको मूल्य आज प्रतितोला ९२ हजार ८०० तोकिएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले सार्वजनिक गरेको विवरणानुसार तेजाबी सुनको आजको मूल्य प्रतितोला ९२ हजार ३०० कायम गरिएको छ । मंगलबार यसको मूल्य प्रतितोला ९१ हजार ७०० रहेको थियो । त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १० ले बढेर एक हजार २६० पुगेको महासंघले जनाएको छ । महासंघले अन्तरराष्ट्रिय बजारमा हुने सुनचाँदीको कारोबार मूल्यका आधारमा यहाँ दैनिक सुन तथा चाँदीका मूल्य तोक्दै आएको छ । अन्तर्राष्ट्रिय बजारमा आज सुन प्रतिऔँस एक हजार ८१५ डलर आसपास कारोबार भइरहेको छ ।...
फेरि घट्यो सुनचाँदीको भाउ
प्रविधि

फेरि घट्यो सुनचाँदीको भाउ

काठमाडौं : केही दिनदेखि स्थिर रहेको सुनचाँदीको भाउ बिहीबार घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार नेपाली सुनचाँदीको बजारमा छापावाल सुनको मूल्यमा ६ सयले गिरवाट आएको छ। बिहीबार ७० हजार ७ सयमा कारोबार भइरहेको छ। त्यसैगरी, तेजबी सुनको मूल्यमा पनि ६ सयले नै गिरावट आएर ७० हजार ४ सयमा कारोबार भएको छ। बुधबार छापावाल सुन ७१ हजार ३०० रुपैयाँमा कारोबार भएको र तेजावी सुन तोला प्रतितोला ७१ हजार रुपैयाँमा कारोबार भएको थियो। त्यसैगरी चाँदी तोलामा १० रुपैयाँ घटेर ८ सय ५५ मा कारोबार भइरहेको महासंघले जनाएको छ। बुधबार चाँदी प्रतितोला ८६५ कारोबारमा भएको थियो।...