Sunday, September 8

Tag: नेपाल राष्ट्र बैंक

राष्ट्र बैंकका गभर्नर निलम्बित
अर्थ

राष्ट्र बैंकका गभर्नर निलम्बित

सरकारले राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई निलम्बित गरेको छ । सरकारले अधिकारीलाई निलम्बित गर्दै डेपुटी गभर्नर निलम ढुंगानालाई कार्यबाहक गभर्नरको जिम्मेवारी दिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस प्रमुख गोबिन्द परियारले अधिकारीलाई निलम्बन गरिएको जानकारी दिएका छन् । गर्भनरले विलासी बस्तु आयात रोक्न अर्थ मन्त्रालयले दिएको निर्देशनसम्बन्धी सूचना चुहाएको लगायतका गम्भीर आरोप लगाउँदै उनीविरुद्ध छानबिन गर्नका लागि अनौपचारिक टिम बनाउने विषयमा पनि छलफल भएको थियो । मुलुकमा आर्थिक संकटको अवस्था सिर्जना भएको र यस्तो अवस्थामा सूचना चुहाउने गरेको आरोप उनीमाथि लागेको छ ।...
लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ
अर्थ

लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ

लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढी लाभांश वितरण गर्न नपाउने भएका छन् । नेपाल राष्ट्र बैंकले आज जारी गरेको नयाँ निर्देशिकाअनुसार लघुवित्त संस्थालाई लाभांश वितरणमा कडाइ गरेको हो । नयाँ निर्देशिका अनुसार नगद वा लाभांश शेयर दिँदा २० प्रतिशतभन्दा बढी हुन नहुने गरी नयाँ व्यवस्था गरेको हो । निर्देशिकाअनुसार यदि कुनै लघुवित्त संस्थाले २० प्रतिशतभन्दा बढि लाभांश दिन चाहेको खण्डमा त्योभन्दा बढी लाभांशको ५० प्रतिशत जगेडा कोषमा राख्नुपर्ने बाध्यकारी व्यवस्था गरेको छ । यसअघि इजाजत प्राप्त संस्थाले आर्थिक वर्ष २०७७÷७८ मा खुद वितरणयोग्य मुनाफाको ३० प्रतिशतसम्म मात्र नगद लाभांश घोषणा तथा वितरण गर्न पाउने व्यवस्था थियो । कोभिड–१९ महामारीका कारणले बैंकिङ सम्पत्तिको गुणस्तरमा परेको प्रभावलाई दृष्टिगत गरी समग्र वित्तीय स्थायीत्व प्रवद्र्धन गर्न असल वर्गमा वर्गीकरण भएका कर्जाको हकमा आव २०७७÷७८ को वार्षिक वि...
कूल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन
अर्थ, प्रमुख समाचार

कूल कर्जाको १५ प्रतिशत कृषिमा लगानी गर्न राष्ट्र बैंकको निर्देशन

काठमाडौँ, १२ साउन : बैंक तथा वित्तीय संस्थाले आगामी तीन वर्षसम्म कृषि क्षेत्रलाई विशेष प्राथमिकतामा राखेर कर्जा प्रवाह गर्नुपर्ने भएको छ । कोरोना कारण समस्यामा परेको मुलुकको आर्थिक क्षेत्रलाई विशेष राहत दिने तथा वैदेशिक रोजगारीबाट फर्किएकालाई समेत कृषि क्षेत्रमा संलग्न गराउने लक्ष्यका साथ नेपाल राष्ट्र बैंकले कृषिलाई प्रमुख प्राथमकितामा राखेको हो । कृषिमा आत्मनिर्भर बनाउने लक्ष्यका साथ लगानी बढाउने, कृषि उद्यमको विकास तथा विस्तार गर्ने सोचका साथ केन्द्रीय बैंकले कर्जाको प्राथमिकता प्राप्त क्षेत्रका रुपमा कृषिलाई राखेको हो । सरकारले समेत कृषिमा आत्मनिर्भर हुने गरी चालू आवको बजेटमा विशेष कार्यक्रम समावेश गरेको छ । सरकारको नीति तथा कार्यक्रम, बजेट तथा यही साउन २ गते सार्वजनिक भएको मौद्रिक नीतिमा आधारित रहेर केन्द्रीय बैंकले आज एकीकृत निर्देशिका जारी गरेको हो । निर्देशिकाअनुसार विसं २०८० सम्म...
राष्ट्र बैंकले राम-लक्ष्मणको चित्र भएका हजारका नोट निष्कासन गर्ने
अर्थ

राष्ट्र बैंकले राम-लक्ष्मणको चित्र भएका हजारका नोट निष्कासन गर्ने

काठमाडौँ, ६ साउन : नेपाल राष्ट्र बैंकले चितवनको हात्तीसारमा जन्मिएको राम लक्ष्मणको चित्र भएको रु १००० को नयाँ नोट निष्कासन गर्ने भएको छ । केन्द्रीय बैंकले आज एक सूचनामार्फत नयाँ नोट निष्कासन गर्ने जनाएको हो । नोटमा साबिकको हात्तीको तस्बीरभन्दा नयाँ हात्तीको तस्बीर राख्न लागिएको हो । बैंकको सूचनामा भनिएको छ, ‘नोटको मध्यभागमा चितवनको हात्तीसारमा रहेको देवकलीबाट जन्मेका राम लक्ष्मण भनेर चिनिएको दुईवटा हात्तीको फोटो हुनेछ ।’ यही साउन ७ गतेदेखि चलनचल्तीमा ल्याइने नोटको बायाँतर्फ सगरमाथाको चित्र रहनेछ । नयाँ नोटमा राष्ट्र बैंकका पूर्वगभर्नर डा चिरञ्जीवी नेपालको हस्ताक्षर हुनेछ ।...
‘क’ वर्गका बैंकमा ‘आरटिजिएस’ लागू, २ लाख बढी भुक्तानी गर्दा चेक काट्न नपर्ने
समाचार

‘क’ वर्गका बैंकमा ‘आरटिजिएस’ लागू, २ लाख बढी भुक्तानी गर्दा चेक काट्न नपर्ने

काठमाडौं : नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको औपचारिक सुरुवात गरेको छ। आइतबार राष्ट्र बैंकले प्रधान कार्यालय बालुवाटारमा एक कार्यक्रमका बीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको औपचारिक सुरुवात गरेको हो। राष्ट्र बैंकले पहिलो चरणमा ’क’ वर्गका बैंकहरुका लागि मात्र लागू हुनेगरी यो प्रणालीको सुरुवात गरेको हो। यो प्रणालीले बैंकहरुले गर्ने ठूला कारोबारको सेलमेन्टका गर्दा ग्राहकले तत्कालै भुक्तानी लिन र दिन यो प्रणालीले सहयोग गर्ने छ । यसबाट  ब्यबसायी तथा कारोबारीले २ लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक नकाटी भुक्तानी लिन र दिनसक्नेछन्। तर २ लाखभन्दा कम रकमका लागि भने एकाउन्ट पेयी चेक नै जारी गर्नुपर्ने हुन्छ । अहिलेको एकाउन्ट पेयी चेकको रकम खातामा जम्मा हुन समय लाग्ने र झन्झटिलो प्रक्रियालाई यो प्रणालीले हटाउने छ।  यो प्रणालीमा आबद्ध भएका बैंक तथा ...
नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकबीच आरटिजिएस सम्झौता
समाचार

नेपाल राष्ट्र बैंक र वाणिज्य बैंकबीच आरटिजिएस सम्झौता

काठमाडौं : नेपाल राष्ट्र बैंक र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणाली लागू गर्ने सम्बन्धमा सम्झौता भएको छ। नेपाल राष्ट्र बैंकका भुक्तानी प्रणाली विभागका कार्यकारी निर्देशक बमबहादुर मिश्र र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पत्रमा हस्ताक्षर गरे। उक्त सम्झौता भएपश्चात ग्राहकले वास्तविक समयमा नै एक बैंकबाट अर्को बैंकको जुन सुकै खातामा रकम भुक्तानी गर्न सक्नेछन्। रकम पठाउने व्यक्तिले बैंकको कुनै पनि शाखामा एउटा निवेदन लेखेर दिएपछि सोही समयमा नै अर्को बैंकको खातामा रकम जम्मा हुनेछ। राष्ट्रिय वाणिज्य बैंकको हाल सातै प्रदेश, ७७ जिल्लामा २३६ वटा शाखा कार्यालय, २०५ वटा एटिएम, ९३ वटा शाखा रहित बैंकिङ सेवा रहेको छ। चालु आ.व.२०७५/०७६ को चौथो त्रैयमाससम्म बैंकले १ खर्व ९० अर्ब रुपैयाँ निक्षेप संकलन गरी १ खर्ब ४४ अर्व रुप...