Sunday, July 21

Tag: नेपाल-युएई

नेपाल र युएईबीच श्रम समझदारी : वार्षिक २१ दिन उपदान पाउने, अरू के-के छन् सुविधा ? 
प्रमुख समाचार

नेपाल र युएईबीच श्रम समझदारी : वार्षिक २१ दिन उपदान पाउने, अरू के-के छन् सुविधा ? 

अशोक घिमिरे काठमाडौं : नेपाल र संयुक्त अरब इमिरेट्स (युएई)बीच श्रम समझदारी पत्रमा हस्ताक्षर भएको छ। स्वीट्जरल्याण्डको जेनेभामा शुक्रबार आयोजित विशेष समारोहमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्ट र युएईका मानव संशाधनमन्त्री नासेर थानी अल हम्लीले समझदारी पत्रमा हस्ताक्षर गरे। पछिल्ला समय परिवर्तन हुँदै गइरहेका श्रम आप्रवासनका मान्यता अनुकूल हुने गरी युएईसँग यसअघि भएको समझदारी प्रतिस्थापन गरिएको हो। जेनेभामा रहनुभएका श्रम मन्त्रालयका सहसचिव डा. रामप्रसाद घिमिरले भने, “यस अवधिमा अन्तर्राष्ट्रिय श्रम आप्रवासनका क्षेत्रमा निकै फेरबदल आएको छ, श्रम आप्रवासनका मान्यता परिवर्तन भएका छन्, परिवर्तित मान्यताअनुकूल बनाउन यसअघि युएईसँग भएको समझदारी प्रतिस्थापन गरी नयाँ समझदारी गरिएको हो ।” समझदारीले विश्व श्रम आप्रवासनका क्षेत्रमा मुख्यरुपमा उठ्दै आएका शून्य लागतको विषयलाई प्राथमिकत...