Monday, February 26

Tag: नेपाल बैंक

नेपाल बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता कहिले ?
प्रविधि

नेपाल बैंकको लिखित परीक्षाको नतिजा सार्वजनिक, अन्तर्वार्ता कहिले ?

काठमाडौं, २९ असार : नेपाल बैंकले लोकसेवा आयोगमार्फत २७ र २८ मंसिर २०७६ मा लिएकाे लिखित परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे छ । बैंकले आइतबार लिखित परीक्षामा उत्तिर्णहरूकाे नाम सार्वजनिक गरेकाे हाे । यसअघि २४ असारमा पनि बैंकले यही मितिमा सञ्चालित परीक्षाकाे नतिजा सार्वजनिक गरेकाे थियाे । गत वर्ष मंसिरमा सहायक पदको लिखित परीक्षा सञ्जालन गरिएकाे थियाे । सहायक पदमा खुला, महिला, आदिबासी, मधेसीलगायतमा २९ सिटका लागि दरखास्त आह्वान भएकाेमा ५० जना लिखित परीक्षामा सफल भएका छन् । परीक्षामा कुल २ सय ९० जना सहभागी भएका थिए । लिखित परीक्षाको नतिजा सार्वजनिक गरे पनि बैंकले उत्तिर्ण परीक्षार्थीको अन्तरर्वार्ताको मिति भने तोकेको छैन । कोभिड–१९ को संक्रमणप्रति सकर्तकता अपनाउने सरकारको निर्णयलाई मध्यनजर गर्दै पछि अन्तर्वाताको मितिसम्बन्धी जानकारी पछि गराइने बैंकले जनाएको छ । ...