Saturday, April 20

Tag: नेपाल एयरलाइन्स

एकैदिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान, १ हजार ४१४ नेपाली
प्रमुख समाचार, समाचार

एकैदिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान, १ हजार ४१४ नेपाली

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शनिबार एकैदिन १६ अन्तर्राष्ट्रिय चार्टर्ड उडान भएका छन् । यी उडानमार्फत १ हजार ४१४ नेपाली स्वदेश फर्किएको विमानस्थल कार्यालयले जनाएको छ । नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले दोहाबाट २६२, दुबईबाट १४९ यात्रु काठमाडौं ल्याएको छ । त्यस्तै, हिमालय एयरलाइन्सले दमामबाट १५३, अबुधाबीबाट १५१ यात्रु ल्याएको छ । थप नेपालीको उद्धार उडानका लागि नेपाल एयरलाइन्स बहराइन र नारिता प्रस्थान गरेको छ भने हिमालय एयरलाइन्स दमाम, क्वालालम्पुर र फिलिपिन्सको मनिलाबाट यात्रु ल्याउन गन्तव्यतर्फ उडेको विमानस्थलले जनाएको छ । त्यसैगरी, फ्लाई दुबईले दुबईबाट १७२, एयर अरेबियाले सारजाहाबाट १६१, जजिरा एयरले कुवेतबाट १६०, इतिहाद एयरले अबुधाबीबाट १४० र टर्किस एयरलाइन्सले इस्तान्बुलबाट ३३ यात्रु काठमाडौं ल्याएको विमानस्थलले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । आइतबार पनि नेपाल एयरलाइन्स र ह...
भदौ १२ देखि काठमाडौं–ओसाका सिधा उडान
प्रमुख समाचार

भदौ १२ देखि काठमाडौं–ओसाका सिधा उडान

काठमाडौं : नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स) ले जापानको ओसाका उडानका लागि व्यावसायिक योजनाका साथ तयारी थालेको छ। आगामी भदौँ १२ गतेदेखि काठमाडौं–ओसाका सिधा उडान गर्ने तयारी गरेको निगमले जनशक्ति व्यवस्थापनदेखि व्यापार प्रवर्द्धनका काम अघि बढाएको हो। पर्यटकीय यामसँगै महत्वपूर्ण चाडपर्वको समय पारेर निगमले भदौ १२ देखि ओसाका उडानको तयारी गरेको निगमका सहायक प्रवक्ता नवराज कोइरालाले जानकारी दिए । उनका अनुसार अगष्टको उडानका लागि टिकट बुकिङ खुलाइएको र अहिलेप्रति उडान ८० भन्दा बढी टिकट बुकिङ भइसकेका छन्। अगष्ट महीनामा उडान गर्दा यात्रु प्रर्याप्त हुने भएकाले निगमलाई राम्रै फाइदा पुग्ने विश्वास लिइएको छ । निगमले यसअघि आगामी असार १९ गतेदेखि ओसाका सिधा उडान गर्ने योजना बनाएको भए पनि यात्रुको संख्या कमी रहेको भन्दै उडान तालिका परिवर्तन गरी भदौमा सारेको हो। सम्बन्धित ट्राभल एजेन्सीसँग पनि छलफल गरी उनी...