Wednesday, February 21

Tag: नेपाली सेना

सेनामा ४ हजार पदका लागि आवेदन खुल्यो
समाज

सेनामा ४ हजार पदका लागि आवेदन खुल्यो

जंगीअड्डाले ठूलो संख्यामा सैन्य पदमा स्थायी पदपूर्तिका लागि दरखास्त आह्वान गरेको छ । जंगीअड्डा भर्ना छनोट निर्देशनालयले बिहीबार सार्वजनिक सूचना जारी गरेर सैन्य पदको ४ हजार सिटका लागि दरखास्त आह्वान गरेको हो । खुलातर्फ २ हजार ९८ सिट छ भने समावेशीतर्फ महिला, आदिवासी/जनजाती, मधेसी, दलित र पिछडिएको क्षेत्रलाई छुट्टै कोटा छ । जसअनुसार महिलामा ३५८, आदिवासी/जनजातीमा ५७२, मधेसीमा ५०५, दलितमा २७२ र पिछडिएको क्षेत्रका लागि ८५ सिट कायम गरिएकाे छ । त्यस्तै, ४ हजारमध्ये ११० सिट सैनिकका सन्ततिका लागि सुरक्षित गरिएको छ । कर्तव्य पालनको सिलसिलमा अशक्त/मृत्यु भएका नेपाली सैनिकका सन्ततिले उक्त कोटामा प्रतिस्पर्धा गर्न पाउनेछन् । कक्षा ८ उत्तीर्ण भएका तथा १८ वर्ष पूरा गरी २२ वर्ष ननाघेका (बहालवाला उम्मेदवारको हकमा २६ वर्ष ननाघेका) उम्मेदवारले १६ वैशाखभित्र दरखास्त दिनुपर्नेछ । दोब्बर दस्तुर तिरेर २३ वैशा...
फागुन ३ गते पाँचौँ प्रधानसेनापति म्याराथुन
खेलकुद

फागुन ३ गते पाँचौँ प्रधानसेनापति म्याराथुन

काठमाडौं : नेपाली सेनाले सेना दिवसको अवसरमा फागुन ३ गते पाँचौ प्रधानसेनापति खुल्ला म्याराथुन दौड प्रतियोगिता आयोजना गर्ने भएको छ। नेपाली सेनाले बिहीबार पत्रकार सम्मेलन गरी आगामी फागुन ९ गते महाशिवरात्रीका दिन सेना दिवस मनाउने र सोही अवसरमा विभिन्न कार्यक्रम गर्न लागिएको जनाएको हो। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेले फागुन ३ गते अयोजना गरिने पाँचौ प्रधान सेनापति खुल्ला म्याराथुन दौड प्रतियोगितामा सेलीब्रेटी, कूटनीतिक नियोगका पदाधिकारीहरू, सरकारी अधिकारीहरू, गैर सैनिक नागरिक, विद्यार्थी तथा विभिन्न क्षेत्रमा आवद्ध व्यक्तिहरूको सहभागिता रहने बताए। प्रवक्ता पाण्डेले सेना दिवसको दिन काठमाडौंको टुंडिखेलमा विशेष कार्यक्रम गरिने समेत जानकारी दिए।...
प्रधानसेनापति थापाको सम्पत्ति कति छ?
समाचार

प्रधानसेनापति थापाको सम्पत्ति कति छ?

काठमाडौं : नेपाली सेनाले प्रधानसेनापतिको सम्पत्ति विवरण पहिलो पटक सार्वजनिक गरेको छ। प्रधानसेनापति पूर्णचन्द्र थापाले नेपाली सेनाको वेबसाईटमार्फत् आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका हुन्। आफ्नो एक वर्षे कार्यकालको अवसर पारेर सैनिक मुख्यालय भद्रकालीमा एक कार्यक्रमका बीच मंगलबार उनले आफ्नो सम्पत्ति वितरण नेपाली सेनाको वेबसाईटमार्फत सार्वजनिक गरे। त्यस अवसरमा उनले नेपाली सेनामा आवद्ध सबैलाई पनि आफ्नो सम्पत्ति विवरण सार्वजनिक गर्न सचेत गराए। प्रधानसेनापति थापाले सार्वजनिक गरेको सम्पत्ति विवरणमा ५५ तोला सुन, ५९० तोला चाँदी र १० लाख बराबरको हार रहेको उल्लेख गरिएको छ। त्यसैगरी दुई वटा बैंकमा गरेर ६५ लाख नगद आफ्नो नाममा र श्रीमतिको नाममा ५० हजार नगद रहेको पनि नेपाली सेनाको वेबसाइटमार्फत सार्वजनिक गरिएको विवरणमा उल्लेख गरिएको छ। श्रीमति र छोरीको नाममा ४३ लाख बराबरको सेयर सम्पत्ति रहेको तथा काठमाड...