Sunday, July 21

Tag: नेपाली महिला टिम

नेपाली महिला क्रिकेट टोलीको फ्लाइट मिस, सडक मार्गबाट स्वदेश फर्किंदै
खेलकुद

नेपाली महिला क्रिकेट टोलीको फ्लाइट मिस, सडक मार्गबाट स्वदेश फर्किंदै

विश्वकप टी २० एसिया छनोटको तयारीको क्रममा तीन मैत्री खेल खेल्न बङ्गलादेश पुगेको नेपाली राष्ट्रिय महिला टिम स्वदेश फर्कने क्रममा फ्लाइट छुट्दा सडक मार्गबाट नेपाल फर्केको छ । नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै कोभिडसम्बन्धी नियमको पालना गर्नबाट चुक्दा विमानबाट फर्कन नसकेको जानकारी गराएको छ । क्यानले यस लापरवाहीबारे टिम व्यवस्थापनसँग स्पष्टीकरण माग्ने र त्यसछिको रिपोर्ट सार्वजनिक गर्ने पनि बताएको छ । नेपाली महिला क्रिकेट टिम बिहीबार साँझ स्वदेश फर्कने कार्यक्रम थियो । नेपाली महिला क्रिकेट टिम विश्वकप एसिया छनोटको तयारीमा बङ्गलादेशको बिकेएसपीसँग तीन खेलको मैत्री शृङ्खला खेलेको थियो । जसमा नोल २१ ले विजयी भएको थियो । विश्वकप एसिया छनोट युएएमा नोभेम्बर २२ तारिखमा सुरु हुँदैछ । सो प्रतियोगितामा नेपाल, आयोजक युएइ, हङकङ, मलेसिया र कुवेतले खेल्नेछन् ।...