Tuesday, July 16

Tag: नेपाली कांग्रेस

कांग्रेसका १६ जिल्लाको अधिवेशन १५ माघलाई तोकियो
समाचार

कांग्रेसका १६ जिल्लाको अधिवेशन १५ माघलाई तोकियो

नेपाली कांग्रेसले यसअघि निर्धारित १६ जिल्लाको अधिवेशनको मिति परिमार्जन गरी आगामी माघ १५ गतेका लागि तोकेको छ । पार्टीको केन्द्रीय निर्वाचन समितिले माघ १२ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचनलाई मध्यनजर गरी जिल्ला अधिवेशनको मिति सारेको जनाएको छ । समितिको आज बसेको बैठकले कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत जिल्ला कार्यसमितिको निर्वाचन हुन बाँकी रहेका जिल्लाको अधिवेशन माघ १५ गते निर्धारण गरेको समिति सचिव केशव रिजालले जानकारी दिए । कांग्रेसले सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, मकवानपुर, सिन्धुपाल्चोक, चितवन, बाँके, कैलाली, अछाम र नवरपुरमा पार्टीको जिल्ला अधिवेशन गर्न बाँकी रहेको जनाएको छ ।...
रामचन्द्रको असन्तुष्टि :  संसदीय प्रणाली सिद्धयाउन खोजियो
प्रमुख समाचार

रामचन्द्रको असन्तुष्टि : संसदीय प्रणाली सिद्धयाउन खोजियो

नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले समावेशी संसदीय प्रणाली नै सिद्धयाउन प्रयास भएको बताएका छन् । बुधबार नेता पौडेलले धारणा आफ्नो सार्वजनिक गर्दै सदनलाई बीचैमा अन्त्य गरि अघि बढ्याे भने केपी ओलीकाे नियतीका सामु समर्पण गरेकाे ठहर हुने बताएका हुन्। देशलाई प्रयाेगै प्रयाेगकाे थलाे बनाएर थिलथिलाे पार्ने षड्यन्त्र भएको उल्लेख गर्दै उनले राष्ट्रलाई अनिश्चितता तर्फ धकेल्ने यी आपत्तिजनक क्रियाकलापतर्फ सचेत रहन आम नागरिकलाई ध्यानाकर्षण गराएका छन् । ´६ महिनाकाे समयमा दुईदुई पटक संसद विघटन गरेर व्यवस्थालाई नै संकटमा पुर्याउने एमाले ओलीले महिनाै दिनदेखि संसद अवराेध गरेर विघटन सहि थियाे भनेर सिद्ध गराउने र अन्ततः देशलाई अस्थिरता तर्फ धकेल्ने दुस्प्रयास गर्दैछन्` उनले भनेका छन्, 'संसद चलाउछु र संसदबाटै सबै निकास खाेज्छु भनेर आएकाे सरकारले पनि संसद सुचारू गराएर देशलाई लाेकतान्त्रिक गति दिने ...
प्रकाशमान भन्छन् – सभापति देउवासँग कुनै पद लिने सम्झौता भएको छैन
समाचार

प्रकाशमान भन्छन् – सभापति देउवासँग कुनै पद लिने सम्झौता भएको छैन

नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवासँग कुनै पद लिने सम्झौता नभएको बताएका छन् । नेता सिंहले आज साँझ एक विज्ञप्ति जारी गरी पार्टी सभापतिको दोस्रो चरणको निर्वाचनमा सभापति देउवालाई आफूले निःशर्त समर्थन गरेको र आफूले कुनै पद लिने सम्झौता सभापति देउवासँग नगरेको बताएका हुन् । 'निश्चित कुनै पद लिने भन्ने सम्झौता भएको भन्ने ढङ्गले केही अनलाइनमा आएको भ्रमपूर्ण समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको छ', नेता सिंहद्वारा जारी विज्ञप्तिमा भनिएको छ । नेता सिंहले प्रथम चरणको निर्वाचनमा सबैभन्दा बढी मत प्राप्त गर्नुभएका तथा आफ्नो कार्यशैलीमा परिवर्तन गरेर अगाडि बढ्ने प्रतिबद्धताअनुसार आफूले सभापतिमा देउवालाई समर्थन गरेको बताए । उनले अन्य खाले अनर्गल भ्रममा नपर्न सबैलाई आग्रहसमेत गरे । (more…)...
देउवाले गरे रामचन्द्रको प्रशंसा, भने – तपाईं हामी सबैको नेता हो
प्रमुख समाचार, समाचार

देउवाले गरे रामचन्द्रको प्रशंसा, भने – तपाईं हामी सबैको नेता हो

नेपाली कांग्रेस सभापतिका उम्मेदवार तथा प्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ नेता रामचन्द्र पौडेलको प्रशंसा गरेका छन् । वरिष्ठ नेता पौडेलले मंगलबार आयोजना गरेको चियापान समारोहलाई सम्बोधनका क्रममा देउवाले उनको प्रसंशा गर्दै राजनीतिमा सक्रिय रहन आग्रह गरेका हुन् । ‘रामचन्द्रजीको यो पार्टीमा धेरै योगदान छ’ उनले भने, ‘उहाँले आयोजना गरेको चियापानमा सहभागी हुन पाउँदा मैले आफूलाई भाग्यमानी ठानेको छु ।’ उनले पौडेलले देशको लागि धेरै ठूलो भूमिका निर्वाह गर्न बाँकी नै रहेको बताए । ‘तपाईं हामी सबैको नेता हो’ उनले भने, ‘भोलिका दिनमा तपाईंले धेरै ठूलो भूमिका निर्वाह गर्नुपर्ने छ ।’ उनले अहिलेको आवश्यकता पार्टीलाई एक बनाएर लैजानु भएको बताए । देउवाले कुनै व्यक्तिको विरोध गरेर पार्टी एकता नहुने बताए । चियापान सुरु हुन लाग्दा केही समय महाधिवेशन प्रतिनिधिले नाराबाजी गरेका थिए । नाराबाजी साम्य भएपछि भने...
कांग्रेस महाधिवेशन : सभापति पदमा पुनः मतदान
प्रमुख समाचार, समाचार

कांग्रेस महाधिवेशन : सभापति पदमा पुनः मतदान

नेपाली कांग्रेसको १४ औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना आज बिहान सम्पन्न भएको छ । सभापति पदका प्रत्यासीमध्ये कसैले पनि कूल खसेको मतको ५१ प्रतिशत ल्याउन नसकेपछि पुनः मतदान हुने कांग्रेसको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । समितिका अनुसार प्रधानमन्त्री एवं वर्तमान सभापति शेरबहादुर देउवाले दुई हजार २५८ उनका निकटतम प्रतिद्वन्द्वी पार्टीका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् । सभापतिका अन्य प्रत्यासी पूर्वमहामन्त्री प्रकाशमान सिंहले ३७१, उपसभापति विमलेन्द्र निधिले २४९ र कल्याण गुरुङले २० मत प्राप्त गरे । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६८१ मतदाताले मतदान गरेका थिए । मतदानमा कूल ७७ मत बदर भएको थियो । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुन्छ । ...
कांग्रेस महाधिवेशन : देउवाले २२५८ र शेखरले १७२९ मत पाए
प्रमुख समाचार, समाचार

कांग्रेस महाधिवेशन : देउवाले २२५८ र शेखरले १७२९ मत पाए

नेपाली कांग्रेसको १४औँ महाधिवेशनअन्तर्गत सभापति पदको मतगणना सकिएको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले दुई हजार २५८ मत प्राप्त गरेका छन् । उनका निकटतम प्रतिद्वन्द्वी डा शेखर कोइरालाले एक हजार ७२९ मत प्राप्त गरेका छन् भने सभापतिका प्रत्यासी प्रकाशमान सिंहले ३६०, विमलेन्द्र निधिले २३९ र कल्याण गुरूङले २० मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सोमबार बिहानदेखि रातिसम्म भएको मतदानमा जम्मा चार हजार ७४३ मतदातामध्ये चार हजार ६७९ मतदाताले मतदान गरेका थिए । कांग्रेस विधानअनुसार सभापतिमा निर्वाचित हुन खसेको मतको ५० प्रतिशतभन्दा बढी मत प्राप्त गर्नु अनिवार्य हुनेछ । पहिलोपटक कुनै पनि उम्मेदवारले ५० प्रतिशतभन्दा बढी मत नल्याएकाले अब पुनः दोस्रो चरणको मतदान हुने भएको छ । पुनः मतदान हुँदा बढी मत प्राप्त गर्ने उम्मेदवार विजयी हुनेछ । कांग्रेस केन्द्रीय कार्यसमितिका पदाधिकारी र सदस्य गरी १३२ पदका...
कांग्रेसको दोस्रो जागरणको अभियान निर्वाचन क्षेत्र केन्द्रित
प्रविधि, समाचार

कांग्रेसको दोस्रो जागरणको अभियान निर्वाचन क्षेत्र केन्द्रित

प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियान आगामी भदौ २४ गतेबाट सुरु गर्ने भएको छ। कांग्रेसले बिहीबार पार्टी केन्द्रिय कार्यालय सानेपामा पत्रकार सम्मेलन गरी पार्टीको दोस्रो चरणको राष्ट्रिय जागरण अभियानको कार्यक्रमबारे औपचारिक जानकारी गराएको हो। सो जागरण अभियान ३३० वटा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा केन्द्रित हुने र त्यसका लागि सबै निर्वाचन क्षेत्रमा केन्द्रित प्रतिनिधि खटाउने निर्णय गरिएको पनि पार्टीका प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिए। जागरण अभियानका क्रममा सरकारका जनविरोधी तथा संविधान विरोधी गतिविधिबारे आम जनतालाई जानकारी गराउने पनि कांग्रेसले जनाएको छ। त्यसैगरी पार्टी प्रवेशका लागि अभियान चलाउने, पार्टीका माथिदेखि तल्लो तहका नेताहरुबीचको सम्वादलाई घनिभूत बनाउने पनि जागरण अभियानको उद्देश्य रहेको छ। असोज ७ गतेसम्म आयोजना हुने १५ दिने सो जाग...