Thursday, April 18

Tag: निषेधाज्ञा

काठमााडौं उपत्यकामा ८ भदौसम्म निषेधाज्ञा थप, यस्ता छन् फेरिएका नियम
प्रमुख समाचार, समाचार

काठमााडौं उपत्यकामा ८ भदौसम्म निषेधाज्ञा थप, यस्ता छन् फेरिएका नियम

काठमाडौं, कोभिड–१९ को सङ्क्रमण वृद्धिसँगै काठमाडौं उपत्यकामा निषेधाज्ञामा कडाइ गर्न थालिएको छ । अघिल्लो हप्ता सेमिनार, गोष्ठी, बैठक भर्चुअलरुपमा मात्रै गर्ने निर्णय गरेको स्थानीय प्रशासनले यसपालि राति ८ बजेबाट सार्वजनिक तथा निजी सवारी साधन गन्तव्यमा पुगी सक्नुपर्ने (८ बजेपछि सवारी सञ्चालन गर्न नपाइने) निर्णय थप गरेको छ । यद्यपि अत्यावश्यक सवारी साधन भने सञ्चालन गर्न पाइने छ । आजको बैठकले गरेको निर्णय यही साउन २८ गते बिहान १ बजेबाट भदौ ८ गते राति १२ बजेसम्म लागू हुनेछ । यसअघि गोष्ठी, तालिम, सेमिनार, बैठक तथा प्रशिक्षणजस्ता कार्यक्रम उपस्थित भएरै गर्नुपर्ने भएमा २५ जनाभन्दा बढी नहुने गरी सञ्चालन गर्न अनुमति दिइएको थियो भने रातिको समयमा पनि सवारी साधन सञ्चालन गर्न अनुमति दिइएको थियो । अन्य गतिविधिका सन्दर्भमा भने विगतमा लागू भएको आदेशलाई यथावत राखिएको छ । कोभिड–१९ का बिरामीको सङ्ख्या वृद्धि ह...