Friday, February 23

Tag: निगालो

निगालो संरक्षण नहुँदा रेडपाण्डा लोप हुँदै
प्रमुख समाचार

निगालो संरक्षण नहुँदा रेडपाण्डा लोप हुँदै

– हेमन्त केसी जथाभावी वन फडानी र आगो लगाउँदा निगालो मासिएको छ । केही वर्षअघि जाजरकोटका अधिकांश उच्च पहाडी क्षेत्रमा जताततै पाउन सकिने निगालो अहिले पाउन मुस्किल भएपछि यसमा आश्रित समुदायको जीविकोपार्जनमा समस्या हुनुको साथै दुर्लभ रेडपाण्डा समेत वासस्थानको अभावमा लोप हुँदै गएको छ । बढ्दो वन विनास र डढेलो लगाउँदा निगालो मासिएको स्थानीयवासी बताउँछन् । निगालो मासिएसँगै निगालोको चोयाबाट निर्माण हुने डोको, डालो, भकारीलगायत अन्य सामग्री निर्माण गर्न कठिनाइ भएको नलगाड नगरपालिका–८ का हरिबहादुर खत्रीले बताउनुभयो । निम्न वर्गका स्थानीयवासी डोको, नाङ्लोलगायतका वस्तु निगालोको चोयाबाट निर्माण गरी व्यवसाय सञ्चालन गर्दै आएका थिए । अहिले निगालो लोप भएसँगै पेशा नै हराउन थालेको उनीहरुको भनाइ छ । जिल्लाका बारेकोट, नलगाड, कुशे र जुनिचाँदे गाउँपालिकामा बढी निगालोको प्रयोग हुँदै आएको छ । निगालोको तामा (टुसा)...