Sunday, July 21

Tag: नरेन्द्र मोदी

यी हुन् प्रधानमन्त्री देउवाको भारत भ्रमणमा हुने सम्झौता
प्रमुख समाचार

यी हुन् प्रधानमन्त्री देउवाको भारत भ्रमणमा हुने सम्झौता

प्रधानमन्त्री शेरबहादुर देउवा तीनदिने औपचारिक भारत भ्रमणको सिलसिलामा शुक्रबार त्यसतर्फ प्रस्थान गर्दैछन् । भ्रमणका बेला उनी भारतका प्रभानमन्त्री नरेन्द्र मोदीसँग द्विपक्षीय बैठकमा सहभागी हुनेछन् । त्यसपछि दुवै देशका प्रधानमन्त्रीको उपस्थितिमा केही समझदारी तथा सम्झौतापत्रमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ । परराष्ट्र मन्त्रालय उच्च स्रोतका अनुसार प्रधानमन्त्रीको भारत भ्रमणको बेला दुई देशबीच जयनगर–कुर्था रेल सेवा उद्घाटनसम्बन्धी पत्रमा हस्ताक्षर हुनेछ । हस्ताक्षरलगत्तै दुवै देशका प्रधानमन्त्रीले रिमोर्टद्वारा भर्चुअल रूपमा रेल सेवाको उद्घाटन गर्ने कार्यक्रम रहेको छ । उद्घाटनपछि भारतको जयनगरबाट नेपालको कुर्थासम्म रेल सेवा सञ्चालनमा आउनेछ । उक्त ३५ किलोमीटर रेल सेवा भारतको ८.७७ अर्ब अनुदान सहयोगमा निर्माण गरिएको हो । यस्तै, प्रधानमन्त्री देउवाको भारत भ्रमणको बेला सोलु कोरिडोरमा विद्युत प...
भाजपाका सांसद शत्रुघन कांग्रेस प्रवेश गर्ने तयारीमा
विश्व

भाजपाका सांसद शत्रुघन कांग्रेस प्रवेश गर्ने तयारीमा

नयाँ दिल्ली । कलाकारीताबाट राजनीतिमा प्रवेश गरेका भारतीय जनता पार्टी (भाजपा)का नेता तथा सांसद सत्रुघन सिन्हले बिहीबार भारतीय राष्ट्रिय कांग्रेसका अध्यक्ष राहुल गान्धीसँग भेटवार्ता गरेका छन्। भाजपा परित्याग गरी कांग्रेस प्रवेश गर्ने तयारी स्वरूप उनीहरूका बीचमा भेटवार्ता भएको समाचारमा जनाइएको छ। आउदो अप्रिल ६ तारिखका दिन सिन्ह कांग्रेसमा प्रवेश गर्ने तय भएको कांग्रेस नेताहरूले जानकारी दिएका छन् । राजनीतिज्ञ भएर पनि कलाकारका रुपमा प्रधानमन्त्री नरेन्द्र मोदीको आलोचक भएकाले उनले मोदीको पार्टीबाट निर्वाचनका लागि टिकट नपाएपछि कांग्रेस प्रवेश गर्न लागेको बताइएको छ। पटनाको सहिब निर्वाचन क्षेत्रबाट टिकट दिन मोदीले अस्वीकार गरेका छन् । उनी अहिले पनि भाजपाको सांसद हुन् । 'भाजपामा लोकतन्त्र छैन, तानाशाही प्रभाव छ, त्यहीभएर मैले भाजपा छोड्ने र कांग्रेसमा प्रवेश गर्ने निर्णय गरेको हुँ,' उनले भने । उन...